Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जिएमआरले ऋण घटाउनका लागि हैदरावादको जग्गा बेच्न साझेदार खोज्दै

ऊर्जा खबर जेठ ०२, २०७६   1196

अन्तर्राष्ट्रिय



काठमाडौं– भारतीय जिएमआर इन्फ्रास्ट्रक्चर लिमिटेडले आफ्नो बढ्दो ऋण घटाउन हैदरावादस्थित जग्गा बेच्न साझेदार खोज्न थालेको छ । कम्पनीको नाममा रहेको त्यहाँको १५ सय एकड जमिनमा साझेदार ल्याएर त्यसबापत आउने रकमबाट ऋण तिर्ने योजना बनाएको हो ।

नयाँ दिल्लीस्थित इन्फ्रास्ट्रक्चर समूहको सहायक कम्पनी जिएमआर जग्गा विकासले हैदराबाद भन्दा बाहिरको ५५ सय एकड जमिनसमेत राखेको छ । उसले १५ सय एकड जमिनमा एयरपोर्ट सिटी निर्माण गर्ने योजना बनाएका छ । जहाँ धेरै प्रकारका व्यापारिक, रियलस्टेट व्यापार कार्यालय भवन, होटेललगायत संरचना निर्माण हुनेछन् ।

यद्यपि, कम्पनीले जग्गा खरिद तथा सिटी निर्माणमा साझेदार भित्र्याएर उसले गर्ने लगानीबाट ऋण घटाउने योजना छ । ‘हामीले रणनीति साझेदार खोजिरहेका छौं, हामीले विभिन्न कम्पनी र विकासकर्तालाई उनीहरूको योजना अनुसार जग्गा उपयोग गर्न वा आफूअनुकूल निर्माण गर्न पनि दिन सक्छौं,’ जिएमआर एयरपोर्ट जग्गा विकासका प्रमुख कार्यकारी अधिकृत अमन कपुरले भने ।

सिंगापुरस्थित इशाग रेडवुड कम्पनीलाई १२० एकड जमिनमा लजिस्टिक पार्क निर्माण गर्न दिनेबारे छलफल अन्तिम चरणमा रहेको जिएमआरले जनाएको छ । कम्पनीले अरू यस्तै खालका कम्पनी वा खुद्रा पुजी बजार विकासकर्तालाई पनि दिन सक्ने जग्गा दिन सक्ने बताएको छ ।

जिएमआरको ऋण घटाउन पछिल्लो समय जग्गा विकास कार्यक्रम निकै प्रभावकारी हुँदै आएको छ । सन् २०१८ मार्च सम्म दिल्ली र हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने जिएमआर इन्फ्रास्ट्रक्चरको ऋण २ खर्ब भारु थियो ।

यही मार्च महिनामा मात्र टाटा र दुई विदेशी कम्पनीले ८० अर्ब भारु लगानी गरेका थिए । यही कारण जिएमआरको ऋण करिब १ खर्ब २० अर्ब भारुसम्म घटेको थियो । यस प्रकारको ठूलो आकारको विकास एक्लो लगानीबाट मात्र सम्भव नहुने पनि कम्पनीले जनाएको छ ।

‘हामीलाई वित्तीय र सञ्चालन पार्टनर चाहिने छ, जसले खुद्रा आयोजना निर्माण गरेर एयरपोर्टलाई हेर्न लायक वा अनुकूल बनाउनेछन, यसबाट थप जग्गा विकासकर्ता हामीसँग जोडिनेछन्,’ कपुरले भने ।

कम्पनीले गत साता पहिलो चरणको १० लाख बर्गफिटको व्यापारिक पार्क सञ्चालनमा ल्याएको छ । यसमा आगामी ३–४ वर्षमा ६ वटा व्यापारिक टावर निर्माण हुनेछन् । यसवरपर १९ एकडमा खुद्रा व्यापारिक केन्द्र निर्माण गर्ने योजना पनि छ ।

अहिले जिएमआर हैदरावाद एरोटोपोलिसले व्यापारिक र्पाकसहितको एयरपोर्ट सिटी निर्माण गरिरहेको छ । यो जिएमआर हैदरावाद एयरपोर्टको शतप्रतिशत स्वात्वि भएको कम्पनी हो ।

जिएआर इनर्जी लिमिटेडले नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको छ । तर, ४ वर्षसम्म आयोजनाका लागि लगानी जुटाउन सकेको छैन ।

डिल स्ट्रेट एसियाकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="