Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

देशमै पहिलो पटक ‘ग्रिड कनेक्टेड सोलार’ सम्बन्धी तीन दिने तालिम

ऊर्जा खबर बैशाख १२, २०७६   912

वैकल्पिक ऊर्जा



काठमाडौं– निजी क्षेत्रको प्रयासमा ‘ग्रिड कनेक्टेड सोलार’ सम्बन्धी ३ दिने तालिम हुने भएको छ । लगानीकर्ता, आयोजना प्रवर्द्धक र यस क्षेत्रमा काम गर्ने इन्जिनियरलाई लक्षित गरेर हुन लागेको तालिम सम्भवतः पहिलो पटक हो ।

विन्ड पावर नेपालको अगुवाईमा हुन लागेको तालिम कार्यक्रम यही बैशाख २४ गतेदेखि २५ गतेसम्म (मे ७ देखि ९ तारिखसम्म) काठमाडौंमा हुन लागेको छ । इच्छुक व्यक्तिले आफू संलग्न संस्था खुलाएर नाम दर्ता गर्नुपर्ने विन्ड पावरका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले बताए ।

‘पछिल्लो समय सरकारले ग्रिड कनेक्टेड सोलारलाई उच्च प्राथमिकतामा राखेको छ, यसको प्रवर्द्धक, विकास र ज्ञान आदानप्रदान गर्न तालिम आयोजना गर्न लागिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसले सोलारमा लगानी गर्ने वा प्रवद्र्धन गर्ने व्यक्ति तथा संस्थालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।’

विद्युत विकास विभागले अहिलेसम्म करिब ५ सय मेगावाटबराबर सोलार आयोजनाको अध्ययन अनुमतिपत्र बाँडेको छ । तर, अझै पनि सोलार विकास गर्न स्पष्ट नीतिगत व्यस्था देखिँदैन । लगानीकर्तालाई आह्वान गर्ने तर उचित वातावरण तयार नहुँदा परिणाम आउन सकेको छैन । तालिमले यसमा महत्त्पूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको गुरुङले बताए ।

तालिममा अन ग्रिड सोलारको वर्तमान अवस्था र चुनौती, नेपालमा सोलार विकासको प्रक्रिया, अनुमतिपत्र लिने प्रक्रिया र लागत, सम्भाव्य स्थानको पहिचानलगायत विषय समेटिने जनाइएको छ । सोलार विकास गरी जडान गर्ने आवश्यक प्रसारण लाइन निर्माण पक्षमा पनि तालिक केन्द्रित हुनेछ ।

तीन दिने तालिममा सहभागी हुन संस्थागत प्रतिनिधिलाई २५ हजार रुपैयाँ र विद्यार्थीलाई १५ हजार रुपैयाँ शुल्क तोकिएको विन्ड पावरले जनाएको छ । कम्पनीका अनुसार तालिम दिन वा ज्ञान आदानप्रदानमा विदेशी तथा स्वदेशी विज्ञहरू उपस्थित हुनेछन् । तालिमलाई मेट्रोलोजी एन्ड डायनामिक्स, एबिबी टेक्नोलोजी नेपाल र लङ्गी सोलारले सघाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="