Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर, खाना पकाउने ग्यास २५ रुपैयाँ घट्यो

श्रावण २२, २०७६   437

पेट्रोलियम



काठमाडौं— नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरी मूल्य समायोजना गरिएको हो ।

ad

यसअघि ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ रहेकोमा अब १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यमा क्रमशः एक रुपैयाँ र ५० पैसा बढाएको छ ।

निगमका अनुसार थानकोट डिपोभित्र १५ किलोमिटर क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः एक सय ९ रुपैयाँ, ९७ रुपैयाँ र ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको खुद्रा मूल्य भने यतावत राखिएको छ ।

निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करिब ६ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको जनाएको छ । यही कारण अहिलेसम्म स्वचालित प्रणाली अनुसार मूल्य समायोजन भएको थिएन । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा सामान्य बृद्धि भए पनि वीरगन्ज नाकामा नेपालतर्फको मूल्य रक्सोलको तुलनामा १४.३७ रुपैयाँ र १५.४७ रुपैयाँ सस्तो हुने निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="