Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

घटेको मूल्यमा ग्यास नबेचे बिक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी

ऊर्जा खबर असोज ०६, २०७६   439

पेट्रोलियम



काठमडाौं— नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास बिक्री नगर्ने एलपी ग्यास उद्योगी तथा वितरण केन्द्रलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । निगमले मूल्य घटाए पनि त्यही अनुसार बिक्री वितरण नभएको पाएपछि यस्तो चेतावनी दिएको हो ।

निगमले गत शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि काठमाडौं उपत्यका लगायतका पहाडी क्षेत्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर १३५० रुपैयाँ कायम गरिएको थियो ।

ad

निर्णय कार्यान्वयन भए नभएको बारे निगमले सोमबार गरेको बजार अनुगमनमा यस्तो नपाइएपछि सूचना निकालेर नियम पालना गर्न निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने जनाइएको छ ।

निगमका अनुसार काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा प्र्रतिसिलिन्डर १३५० रुपैयाँ, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा प्रतिसिलिन्डर १३१५ रुपैयाँ र अन्य तराई क्षेत्रमा प्रतिसिलिन्डर १३३० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="