Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतका अभियन्ता दाहालको निधन

ऊर्जा खबर असोज ०३, २०७६   1267

खबर



काठमाडौं— जलविद्युत विकासमा निजी क्षेत्रका अभियन्ता हरि ‘बैरागी’ दाहालको निधन भएको छ । हृदयघात भइ अस्पताल भर्ना भएका उनको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियाटिक सेन्टरमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई हृदयघात र मस्तिस्क घात एकै पटक भएपछि अस्पताल भर्ना गरिएको थियो । दाहालको पशुपति आर्यघाटमा शुक्रबार नै अन्त्यष्टि गरिएको छ ।

ad

उनकै नेतृत्वमा स्वदेशी लगानीमा २०५४ सालमा संखुवासभामा ३ मेगावाटको पिलुवाखोला जलविद्युत आयोजना निर्माण भइ अहिले विद्युत उत्पादन भइरहेकाे छ । उनको अध्यक्षतामा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना निर्माण गरिएकाे थियाे ।

उनले नेतृत्व गरेको पिलुवाखोला नै स्वदेशी लगानीमा निजी क्षेत्रले  निर्माण गरेकाे पहिलो जलविद्युत आयोजना हो । पिलुवा अघि विदेशी लगानीका खिम्ती र भाेटेकाेसीकाे निर्माण भइ सञ्चालनमा थिए ।

पिलुवापछि उनले धादिङमा ५ सय किलोवाटको रैराङ र पाल्पामा १ मेगावाटको सिस्ने खोला आयोजना निर्माण गरेर विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरे ।

संखुवासभामै पिलुवाको क्यासकेट १ मेगावाटको लोवर पिलुवा पनि दाहालकै नेतृत्वमा निर्माण सम्पन्न भइ सञ्चालनमा छ । डाउन पिलुवाको प्रवर्द्धक बानेश्वर हाइड्रो पावर कम्पनीको नाममा संखुवासभामा १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको अनुमतिपत्र लिएर उनले काम सुरु गरेका थिए । यो आयोजना अहिले माया खाेला  हाइड्राे पावर कम्पनीले निर्माण गरिरहेकाे छ ।

दाहाल साना जलविद्युत विकास संघका अध्यक्षसमेत हुन् । २०५१ साल भएकाे निर्वाचनमा उनी तत्कालिन नेकपा एमालेबाट संखुवासभा क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । दाहालका श्रीमती, २ छाेरी र एक छाेरा छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="