Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुई महिनाभित्र एचआइडिसिएलले सर्वसाधारणलाई २ अर्बको हकप्रद सेयर जारी गर्दै

ऊर्जा खबर बैशाख २४, २०७६   4088

सेयर



काठमाडौं– हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आगामी दुई महिनाभित्र सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्ता पुँजी बढाउने उद्देश्यले हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये १७ अर्ब ६० करोड संस्थापक र ४ अर्ब ४० करोड रुपैयाँ सर्वसाधारणको हुनेछ । कम्पनीले गत वर्ष २ अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गरेको थियो ।

क्रेडिट रेटिङबाहेक सब प्रक्रिया पूरा भएकाले आगामी साउन पहिलो साताभित्रै सेयर निष्कासन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘सञ्चालक समितिबाट पास भइसक्यो । नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति आइसकेको छ,’ उनले भने, ‘अब एक महिनाभित्र क्रेडिट रेटिङको काम पनि सकिन्छ ।’

१० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको छ । यसबाट पुँजी ११ अर्ब रुपैयाँ पुगेको छ । यसमा एकबराबर एक हकप्रद जारी गर्दा २२ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले अहिलेसम्म १३ जलविद्युत आयोजनामा ऋण र ६ सरकारी कम्पनीमा स्वपुँजी लगानी गरेको छ । ११ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्रतिबद्धता रकममध्ये अहिलेसम्म ३ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ ।

चालू आवभित्र लगानी प्रतिबद्धता रकम १८ अर्ब रुपैयाँ पुर्याउने योजना रहेको पोखरेलले बताए । कम्पनीले गत आवमा ल्याएको ५ वर्षे व्यावसायिक योजनामा आव २०७८/७९ सम्म ३ हजार २ सय ३८ मेगावाटका आयोजनामा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ ।

एचआइडिसिएलले रेमिट हाइड्रो सहायक कम्पनी स्थापना गरी ताप्लेजुङमा ७१.५ मेगावाटको घुन्सा खोला र ५३.७ मेगावाटको सिम्बुवा खोला निर्माण अघि बढाएको छ । दुवै आयोजनामा ५१–५१ प्रतिशत सेयर छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="