Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२२ अर्ब पुँजी पुर्याउन एचआइडिसिएलले माघभित्रै हकप्रद सेयर जारी गर्ने

ऊर्जा खबर पुष ३०, २०७५   3009

सेयर



काठमाडौं– चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँग परामर्श तथा स्वीकृति लिएर माघभित्रै सेयर जारी गर्ने भएको हो ।

ad

हकप्रद सेयर जारी गर्न प्रक्रिया सुरु भइसकेको सोमबार सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभामा जानकारी दिइएको छ । गत वर्ष सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपछि कम्पनीको पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष (२०७४/७५) को आम्दानी तथा नाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर (एक अर्ब रुपैयाँबराबर) दिने निर्णय गरेको छ । यसपछि पुँजी ११ अर्ब पुग्छ । यसमा एकबराबर एक हकप्रद सेयर निष्कासन गरेपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

ad

हकप्रद सेयर जारीपछि संस्थापक पुँजी १७ अर्ब ६० करोड र सर्वसाधारणको ४ अर्ब ४० करोड रुपैयाँ हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले गत आवमा करिब १ अर्ब रुपैयाँ नाफा कमाएको थियो । चालू आवको कात्तिक मसान्तसम्म खुद नाफा ३७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले गत वर्ष आफ्नो ५ वर्षे व्यावसायिक योजना तयार गरेको थियो । उक्त योजना अनुसार आव २०७८/७९ सम्म ३ हजार २ सय ३८ मेगावाटका आयोजनामा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले चालू आवको कात्तिकसम्म ५ सय ७९ मेगावाटका आयोजनामा करिब साढे २ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । यसैगरी, सोही अवधिमा करिब ३५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । उता ७१.५ मेगावाटको घुन्सा खोला र ५३.७ मेगावाटको सिम्बुवा खोलामा ५१–५१ प्रतिशत सेयर राखेर निर्माण अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="