Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘सार्क डेभलपमेन्ट फन्ड’ले नेपालको जलविद्युतमा ११ अर्ब लगानी गर्ने, एचआइडिसिएलले गर्यो समझदारी

ऊर्जा खबर बैशाख २७, २०७६   2606

खबर



काठमाडौं– दक्षिण एसियाको विकासमा सघाउँदै आएको ‘सार्क (दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन) डेभलपमेन्ट फन्डले नेपालको जलविद्युत विकासमा १० करोड ५० लाख अमेरिकी डलर (११ अर्ब ७८ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । ७ जलविद्युत आयोजनामा उक्त लगानी आउन लागेको हो ।

लगानी गर्नेबारे दुई आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले समझदारी समेत गरेको छ । निर्माणाधीन र निर्माण चरणमा रहेका आयोजनामा उक्त रकम परिचालन गर्ने योजना छ ।

फन्ड ७ वटामा प्रतिआयोजना १ करोड ५० लाख अमेरिकी डलर लगानी गर्न सहमत भएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘फन्डबाट साढे १० करोड अमेरिकी डलर लगानी आउने सुनिश्चितता भएको छ,’ उनले भने, ‘वैदेशिक लगानीको यो निकै सकारात्मक संकेत हो ।’

एचआइडिसिएलका अनुसार ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ मा १ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने समझदारी भएको छ । उक्त रकम एचआइडिसिएलमार्फत जानेछ । सय मेगावाटको तामाकोसी–५ मा पनि त्यति नै लगानी गर्नेबारे समझदारी हुँदैछ ।

४ सय ८२ मेगावाटको किमाथांका अरुण, ४ सय ९२ मेगावाटको फुकोट कर्णाली, ९२ मेगावाटको जगदुल्ला, ७२ मेगावाटको घुन्सा खोला र ७० मेगावाटको सिम्बुवामा १ करोड ५० लाख अमेरिकी डलरका दरले लगानी आउने सुनिश्चिता भएको छ ।

आगामी दुई महिनाभित्र थप दुई आयोजनाका लागि समझदारी हुने एचआइडिसिएलले जानकारी दिएको छ । ऋणको रूपमा आउने लगानी कम्पनीमार्फत परिचालन गर्नेबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको पोखरेलले बताए ।

३ प्रतिशत ब्याजदरभित्रै रहेर फन्डसँग छलफल गर्न एचआइडिसिएलले आग्रह गरेको छ । यद्यपि, ५ प्रतिशत ब्याजमा रकम प्राप्त भए पनि एक डेढ प्रतिशतसम्म ‘मार्जिन’ राखेर आयोजनालाई दिन सकिने पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="