Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय दुर्घटना परेकाे ३८ दिनपछि बुढाकाे मृत्यु

ऊर्जा खबर श्रावण २७, २०७६   1197

खबर



काठमाडौं- गत असार २१ गते काबेली कोरिडोर १३२ केभी दमक (पाडाजुँगी) सबस्टेसनमा विद्युतीय दुर्घटनामा परी घाइते भएका ३२ वर्षिय हिक्मत बुढाको मृत्यु भएको छ । भारतको सिलिगुडीस्थित ‘नर्थ बंगाल’ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ad

दुर्घटनामा परेको ३८ दिनपछि बुढाको सोमबार बिहान ४ बजे मृत्यु भएको नेपाल विद्युत प्राधिकरण दकम वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले बताए । उनका अनुसार बुढाको सुधारोन्मुख स्वास्थ्यमा ५ दिनअघिबाट फेरी समस्या देखिएको थियो ।

‘स्वास्थ्यमा राम्रो सुधार भएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘आफैं उठ्न बस्न सक्ने भएका थिए । परिवारका सदस्य भेट्न आएपछि अस्पतालको अनुमति बिना जथाभावी खानपानले निमोनिया भयो र स्वास्थ्य बिग्रियो । उनलाई बचाउन सकिएन।’ मृतकको सव अस्पतालबाट नेपालतर्फ ल्याउने तयारी भइरहेको यादवले जानकारी दिए ।

मृतक बुढा वितरण केन्द्रमा कार्यरत ४ तहका कर्मचारी हुन् । गत असार २१ मा सबस्टेसनको काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो । दुर्घटनामा झापाको कमल गाउँपालिका प्रेम खतिवडाको मृत्यु हुँदा उनी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="