काठमाडौं । हिमालयन हाइड्रो पावर कम्पनीले साढे २२ करोड रुपैयाँ मूल्य बराबरको सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माणाधीन १२ मेगावाटको नार्माजुन मादी जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
प्रतिकित्ता सय रुपैयाँमा अंकित २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीका सचिव कृष्ण भण्डारीले बताए । उनका अनुसार निष्कासन हुने सेयरमध्ये ९ लाख कित्ता (१० प्रतिशत) आयोजना प्रभावित स्थानीयका लागि र बाँकी १३ लाख ५० हजार कित्ताँ (१५ प्रतिशत) सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाइसककेको भण्डारीले बताए । उनका अनुसार नेपाल धितोपत्र बोर्डमा स्वीकृतका लागि आवेदन दिएका छौ । स्वीकृत प्राप्त भए लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
सेयर निष्कासन तथा बाँडफाँडका लागि जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले कास्कीमा निर्माण गरिरहेकाे १२ मेगावाटको नार्माजुन मादी अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस