Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालयन ऊर्जा विकासको १४ लाख ८५ हजार कित्ता साधारण सेयर आउँदै

ऊर्जा खबर माघ २३, २०७५   433

सेयर



काठमाडौं– हिमालयन ऊर्जा विकास कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणाधीन १२ मेगावाटको उपल्लो खिम्ती–१ र ७ मेगावाटको माथिल्लो खिम्ती–२ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने तयारी गरेको हो ।

ad

सय रुपैयाँमा अंकित १४ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । आवश्यक प्रक्रिया पूरा गरेर सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न नविल इन्भेस्मेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले रामेछापमा एकसाथ दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="