Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालय ऊर्जाको सेयर आवेदन दिने अवधि आज सकिँदै

ऊर्जा खबर चैत २५, २०७५   610

सेयर



काठमाडौं– हिमालय ऊर्जा विकास कम्पनीको सेयर आवदन दिने अवधि आज (सोमबार) सकिँदैछ । कम्पनीले निष्कासन गरेको सेयर भर्न मागेभन्दा बढी आवेदन परिसकेकाले साँझ ५ बजेबाट बन्द हुन लागेकाे हाे ।

ad

कम्पनीले गत चैत २० गतेबाट रामेछापमा निर्माणाधीन १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती–२ आयोजनाको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० र सामूहिक लगानी कोषलाई ५५ अर्थात ७४ हजार २ सय ५० कित्ता र सर्वसाधारणका लागि १३ लाख ६६ हजार २ सय कित्ता छुट्याइएको थियो ।

सेयर निष्कासन भएको तेस्रो दिनमा नै कम्पनीका आयोजनामा लगानी गर्न ३ गुणा बढी आवेदन परिसकेको छ । अन्तिम दिन पनि आवेदकको संख्या थपिने कम्पनीले जनाएको छ ।

ad

आइतबार साँझसम्ममा ५१ हजार ३ सय १६ जना आवेदकहरुले ३७ लाख ३५ हजार २ सय ९० कित्ता सेयरको लागि ३७ करोड ३५ लाख २९ हजार रुपैयाँ मूल्यको आवेदन गरेका छन ।

कम्पनीले निर्माण गरिरहेका आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा कम भएका कारण लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा १९ मेगावाटका २ आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाटको आयोजना निर्माण गन ३ अर्व १५ करोड रुपैयाँ लागत राखिएको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ हुन्छ ।

निर्माणाधीन आयोजना २०७६ असार मसान्तभित्र सम्पन्न हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="