Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालय ऊर्जाको सेयर आवेदन ४ गुणा, प्रतिव्यक्ति २० कित्ता पर्ने सम्भावना

ऊर्जा खबर चैत २६, २०७५   1418

सेयर



काठमाडौं– हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको १३ लाख ६६ हजार २ सय कित्ता सेयर खरिद गर्न ७२ हजारले आवेदन दिएका छन् । यो कूल माग सेयरको तुलनामा करिब ४ गुणा बढी आवेदन हो ।

ad

७२ हजारले ५१ लाख ३७ हजार ५ सय ५० सेयर किन्न आवेदन दिएका छन् । यसबाट ५१ करोड ३७ लाख ५५ हजार रुपैयाँ संकलन भएको कम्पनीका प्रधन्बक प्रकाश दुलालले बताए । कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत बाँडफाँड गरिएको छ ।

चैत २० गतेबाट निष्कासन गरेको सेयर मंगलबार बन्न भएको थियो । सेयर खरिदमा उत्साहजनक सहभागिता हुनुले जलविद्युत कम्पनी छनोट गरेर लगानी गर्नुपर्ने सोचको विकास भएको दुलालको भनाइ छ ।

ad

कम्पनीले रामेछाप र दोलखाको सीमामा बग्ने खिम्ती खोलामा १२ मेगावाट उपल्लो खिम्ती र ७ मेगावाट अपर खिम्ती–२ गरी कूल १९ मेगावाटका आयोजना निर्माण गरिरहेको छ । ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट २०७६ असारमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="