Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हुकिङ गरेर विद्युत चोर्ने १६ जनालाई कारबाही

ऊर्जा खबर मङि्सर १९, २०७५   2736

खबर



महाेत्तरी– नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गर्ने १६ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।  महोत्तरीस्थित केन्द्रले सशस्त्र र नेपाल प्रहरीको सहयोगमा विद्युत चुहावट अभियानमा जाँदा विभिन्न गाउँबाट उनीहरूलाई फक्राउ गरेको हो ।

ad

टोलीले जिल्लाको जलेश्वर, धवैली, पर्सा, भटेलिया, बेला, साढा, जाउरव, सरपल्लो, कन्चनपुर, विसम्भपुर, भगौतीपुर, रैजालगायतका गाउँमा हुकिङ गरी विद्युत उपभोग गरेको फेला पारेको थियो । विद्युत चोरी गरेको अवस्थामा १६ जनालाई पक्रेर कारबाही गरेको केन्द्र प्रमुख माघवेन्द्र यादवले बताए ।

स्थानीयले विद्युत चोरीमा प्रयोग गरेका उपकरण पनि जफत गरिएको छ । उनीहरूबाट जरिवानाबापत करिब डेढ लाख रुपैयाँ असुल गर्ने केन्द्रले जनाएको छ ।

ad

केन्द्रअन्र्तगत अहिले ३४ प्रतिशत विद्युत चुहावट हँुदै आएको छ । आर्थिक चालू आर्थिक वर्षमा विद्युत चुहावट ३४ प्रतिशत नै कायम गर्ने लक्ष्य थियो । यादवका अनुसार यो वर्ष ४ प्रतिशत घटाएर ३० प्रतिशत पुर्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="