Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैदेशिक लगानीका बाधा

कृष्णप्रसाद भण्डारी भदौ ११, २०७६   605

बिजुली गफ



काठमाडाैं- गत भदौ ५ गते बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित पूर्वजलस्रोत मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराको दृष्टिकोणप्रति मेरो ध्यान आकर्षित भयो । उहाँले उठाउनु भएका केही दृष्टिकोणमा मेरो सुझावसहितको टिप्पणी छ । समाजवाद उन्मुख अर्थतन्त्र, यो देशले धान्न नसक्ने र व्यापार घाटाले देश टाट पल्टन सक्ने तथ्यसहित गहन विश्लेषण गर्नुभएकोमा धन्यवाद दिन सकिन्छ ।

विशेष गरी वैदेशिक लगानी आकर्षित गर्ने हो भने पुँजीवादमा उदारवाद नै नेपालको भूमण्डलीय रणनीतिको चासो र परिवेशलाई बुभ्mन सक्नुपर्दछ । भारतको पुँजीवाद र चीनको उदारवादले ती देश चरम औद्योगिक आर्थिक विकासमा लम्किरहेका छन् । एकाधिकार कम्युनिष्ट शासन चलाइरहेको चीनले वैदेशिक लगानीलाई महत्त्वका साथ स्वागत गरिरहेको अवस्थामा नेपालले समाजवादमुखी आयातित अर्थकतन्त्र थेग्न सक्ने अवस्था अब छैन ।

ad

आयात प्रतिस्थापन गरी निर्यात बढाउने हो भने ऊर्जा, पर्यटन र कृषि नै प्रमुख आधार हो । यिनै आधारका लागि पुँजीपतिकै लगानी भइरहेको हुन्छ । पुँजीपति समाजवादमा अटाउन सक्दैन, उदारवादमा पुँजीपति अटाउन सक्छ । नेपालको परिवेशमा समाजवादी अर्थतन्त्र निर्वाहमुखी र मगन्ते सिवाय केही हुन सकेको छैन ।

जहाँसम्म वैदेशिक लगानी आकर्षित गर्ने हो भने निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रमको किटानसाथ मार्गचित्र घोषणा हुन जरुरी छ । वैदेशिक लगानीका लागि सरकारले व्यापार गर्ने होइन सहयोग पु¥याउने हो । सम्प्रभुताको प्रत्याभूति (सोभेरियन ग्यारेन्टी) विदेशी मुद्राको हेजिङ सुविधा, वित्तीय संस्था वा अन्य क्षेत्रबाट आउने पुँजी र बैंकिङ प्रणालीबाट आउने पुँजी सरल बनाउने र निगरानी कम गर्ने, दोहोरो कर प्रणाली हटाउने, १५ वर्षसम्म कर मिनाहा गर्नुपर्छ । न्यूनतम मुनाफाका लागि सरकारी तथा सुरक्षा ग्यारेन्टी गर्ने, स्थानीय अवरोध हटाउने, जग्गा प्राप्ती वातावरणीय कानुन सहज र सरलीकरण गर्नुपर्छ । एकद्वार नीति कार्यान्वयन गर्ने, पूर्वाधार पहुँचमार्गमा हुने खर्च लगानी मान्ने र कार्यान्वयन हुने हो भने देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सक्छ ।

भण्डारी, जलविद्युत प्रवर्द्धक हुन्

E-mail: krishna_hydro@hotmail.com

प्रतिक्रिया दिनुहोस