Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मुस्ताङमा सय मेगावाट हाइब्रिड वायु/सौर्य विद्युत उत्पादनको सम्भावना

ऊर्जा खबर बैशाख ०, २०७६   1603

नवीकरणीय ऊर्जा



काठमाडौं– हिमाली जिल्ला मुस्ताङमा वायु र सोलारबाट सय मेगावाटसम्म विद्युत निकाल्न सकिने अध्ययनले देखाएको छ । बुद्ध पावर कम्पनीले विदेशी परामर्शदाताको सहयोगमा गरेको अध्ययनअनुसार उक्त क्षमता बराबर विद्युत निकाल्न सकिने देखिएको हो ।

मुस्ताङको लेतेभन्दा माथिल्लो क्षेत्रका कागबेनी, जोमसोम, मुक्तिनाथलगायत ७ ठाउँमा हाइब्रिड मोडलमा वायु र सोलारबाट विद्युत उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक पुष्प तिमिल्सिनाले बताए । ‘यहाँ हाइब्रिड वायु/सौर्य विद्युत निकाल्ने प्रचुर सम्भावना छ,’ उनले भने, ‘५० मेगावाट उत्पादन गरे आउँदो १० वर्षसम्म मुस्ताङलाई अरू विद्युत चाहिँदैन ।’

उपलब्ध विद्युतबाट बत्ती बाल्नेमात्र नभई कोठा तताउन र अन्य प्रयोजनका लागि पनि उपयोग गर्न पुग्ने तिमिल्सिनाले बताए । उनका अनुसार जिल्लामा उत्पादित थप ५० मेगावाट विद्युत अन्य जिल्लामा सजिलै बेच्न वा वितरण गर्न सकिने छ ।

उच्च हिमाली क्षेत्र भएकाले हावाको गति राम्रो रहेको र घाम पनि लाग्ने हुँदा हाइब्रिड मोडलमा विद्युत उत्पादन गर्न सकिने प्रचुर सम्भावना उपयोग गर्नुपर्ने तिमिल्सिनाले बताए । सरकारले सहयोग गरे केही वर्षभित्रै मुस्ताङका सबै ठाउँमा हाइब्रिड प्रविधिको वायु/सोलार प्लान्ट जडान गर्न सकिने उनको भनाइ छ ।

अध्ययन प्रतिवेदन मन्त्रालयलाई हस्तान्तरण

कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाइन मौसम मापन केन्द्र, हाइब्रिड वायु/सौर्य ऊर्जा केन्द्र र हरित ऊर्जा विकाससम्बन्धी प्रतिवेदन सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्पेनिस नागरिक राफेल भिनास पिच अध्यक्ष रहेको कम्पनीले ३ महिना लगाएर स्पेनिस इन्जिनियरबाट सबै पक्षको अध्ययन गरेको जनाएको छ । कम्पनीका अनुसार पछिल्लो दुई वर्षमा पहिलो व्यावसायिक मौसम मापन केन्द्र र हाइब्रिड वायु/सोलार विकास गरी सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

मौसम मापन केन्द्रले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धी जानकारी अनलाइनमार्फत उपलब्ध गराउने छ । कम्पनीले विकास गरेको ३ किलोवाटको हाइब्रिड प्लान्ट अहिले जोमसोमस्थित मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शिलन्यास गरेको हाइब्रिड प्लान्टले प्रहरी कार्यालाई पुग्दो विद्युत उपलब्ध गराएको छ । यो प्रविधि अनुसार दिउँसो घाम लाग्दा सोलारबाट र राती हावाबाट विद्युत उत्पादन हुन्छ । जसलाई एकै ठाउँमा जडान गरिएको हुन्छ ।

परीक्षण उत्पादन गरेको १८ महिनासम्म प्लान्टमा कुनै समस्या नआएको तिमिल्सिनाले बताए । ‘सबै उपकरण स्पेनबाट आयात गरी जडान गरिएको छ । काम र गुणस्तरमा सम्झौता गरिएको छैन,’ उनले भने ।

मुस्ताङसँगै अन्य हिमाली जिल्लामा आधुनिक मौसम मापन केन्द्र र हाइब्रिड वायु/सोलार प्लान्ट जडान गर्न सक्ने आधार तयार भएको कम्पनीका अध्यक्ष राफेलले बताए । कम्पनीले थप १० दुर्गम जिल्लामा केन्द्र विकास गर्ने योजना बनाएको छ । साथै, ती ठाउँमा हाइब्रिड वायु/सोलार प्लान्ट पनि जडान गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="