Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘हाइब्रिड सौर्य/वायु’ ऊर्जा प्रविधि जडानले १३ सय ६४ घरधुरी झलमल

ऊर्जा खबर असोज १७, २०७६   3367

नवीकरणीय ऊर्जा



काठमाडाैं— राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका १३ सय ६४ घरधुरी ‘हाइब्रिड सौर्य/वायु ऊर्जा’ प्रविधिबाट उत्पादन भएकाे विद्युतले झलमल भएका छन् । मुलुकका १० जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हाइब्रिड सौर्य/वायु ऊर्जा प्रविधि जडान गरेर विद्युत सेवा पुर्याइएको हो ।

अहिलेसम्म यो प्रविधि ११ स्थानमा जडान गरेर ३ सय ८४ किलोवाट विद्युत उत्पादन गरिएकाे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वायु ऊर्जा सब–कम्पोनेन्ट सन्तोष राईले बताए । उनका अनुसार सरकार र विभिन्न दातृ निकायको आर्थिक सहयोगमा केन्द्रमार्फत दुर्गम गाउँमा हाइब्रिड सौर्य/वायु ऊर्जा प्रविधि जडान गरेर विद्युत सेवा पुर्याइएको हो ।

ad

राष्ट्रिय प्रणालीको विद्युत सेवा नपुगेका नवलपरासी, मकवानपुर, सिन्धुली, जुम्ला, पाल्पा, अछाम, बझाङ, सुर्खेत, पाँचथर र भोजपुर भोजपुर जिल्लाका दुर्गम गाउँ बस्तीमा हाइब्रिड सौर्य/वायु ऊर्जा प्रणालीबाट विद्युत उत्पादन गरी विद्युतीकरण गरिएको छ ।

नवलपरासीको धौबडीमा १२ किलोवाट, मकवानपुरको भोर्लेनीमा २५ किलोवाट, जुम्लाको तातोपानी र नाराकोटमा क्रमशः २६ र ८० किलोवाट, अछामको कमलबजारमा ३१ किलोवाट विद्युत उत्पादन भइरहेको छ ।

सुर्खेतको तारङ्गामा ८ किलोवाट, बझाङको परेक्टोनमा २२ किलोवाट, सिन्धुलीको हरिहरपुरगढीमा ३५ किलोवाट, पाँचथरको सप्तमीमा ७० किलोवाट र पाल्पाको मित्यालमा २५ किलोवाट विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । भोजपुरको पामाखममा ५० किलोवाट विद्युत उत्पादन हुने गरी प्रणाली जडान सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।

यस्तै, भक्तपुरको नगरकोट, ओखलढुंगा, मकवानपुरको फापरबारी, रुपन्देहीको बुटवल, मुस्ताङको कागबेनी र ठिनी, पाल्पाको बतासे, रामेछापको डन्डा र मकवानपुरको फाखेल लगायत स्थानमा नयाँ वायु ऊर्जा जडान गर्ने केन्द्रको योजना छ । ललितपुर, प्युठान, मोरङ, इलाम, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा वायु ऊर्जा उत्पादन प्रणाली जडान गर्न केन्द्रले अध्ययन गरिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभरमा विद्युत सेवा पुर्याउन मिश्रित ऊर्जा प्रणाली विकास गर्ने नीति ल्याएपछि केन्द्रले हाइब्रिड सोलार/वायु ऊर्जा प्रणाली जडानलाई तीव्रता दिएको छ ।

एसियाली विकास बैक (एडिबी) को दक्षिण एसिया उप–क्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रम अन्तर्गत मिश्रित ऊर्जा प्रणाली विकासको काम हुँदै आएको छ । यस कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जाको विकास गरी दुर्गम ग्रामीण भेगमा विद्युतीकरण गरी जनजीवन सुधार गर्ने लक्ष्य छ ।

हाइब्रिड सौर्यर वायु ऊर्जा प्रविधि अन्तर्गत एकै स्थानमा सौर्य र वायु ऊर्जा प्रणाली जडान गरी दिउँसो घामबाट र राती हावाबाट विद्युत उत्पादन गरिन्छ । दुर्गम ग्रामीण भेगमा राष्ट्रिय प्रणालीको विद्युत पुग्न दशकौं लाग्ने भएकाले यो प्रविधि उपयुक्त मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="