Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मुस्ताङको चुमजुङमा हाइब्रिड वायु–सौर्य विद्युत उत्पादन

ऊर्जा खबर जेठ ३०, २०७६   812

नवीकरणीय ऊर्जा



काठमाडौं– मुस्ताङको चुमजुङ गाउँमा हावा र सोलारबाट विद्युत उत्पादन सुरु भएको छ । यसबाट करिब ३७ घरपरिवार लाभान्वित हुने भएका छन् ।

सौर्य तथा वायुबाट चल्ने हाइब्रिड ऊर्जा प्रणाली जडान गरी विद्युत उत्पादन सुरु गरिएको पिपुल्स इनर्जी एन्ड इन्भारोमेन्ट डेभलपमेन्ट एसोसिएसन (पिडा) का कार्यकारी अधिकृत बिराज गौतमले बताए । उनका अनुसार कम्पनी र इनर्जी इन्भारोमेन्ट रिसर्च एन्ड डेभेलपमेन्ट सेन्टरको संयुक्त प्रयासमा विद्युत उत्पादन भएको हो ।

ad

अहिले हाइब्रिड ऊर्जा प्रणालीबाट ४ किलोवाट विद्युत उत्पादन भइरहेको छ । यसमध्ये ३ किलोवाट सौर्य तथा एक किलोवाट वायु पंखाबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको छ । यस प्रणालीमा सय एम्पियर प्रतिघन्टाको ब्याट्री तथा ४ केभिएको इन्भर्टर जोडिएको छ ।

‘दुर्गम ठाउँमा ऊर्जा विकास गर्ने लक्ष्यअनुसार वायु र सौर्य विद्युत उत्पादन गरिएको छ,’ उनले भने, ‘अब संरचना सञ्चालन र व्यवस्थापन स्थानीयले नै गर्ने गरी हस्तान्तरण गरेका छौं ।’

छरिएका बस्ती रहेका मुस्ताङजस्तो दुर्गम क्षेत्रमा आधुनिक ऊर्जा पुर्याउने आधार नै वायु वा सोलार हो । यस्ता ठाउँमा वैकल्पिक ऊर्जाका परियोजना निर्माण गरेर विद्युत पुर्याउनुपर्ने विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले बताए ।

‘गाउँमा विद्युत उत्पादन सुरु भएपछि घर, बाटो र चोकमा पनि राती बत्ती झलमल बलेको छ,’ उनले भने, ‘हावाबाट बिजुली बलेपछि गाउँमा फोनको सुविधा तथा टेलिभिजन पनि जोडिएको छ ।’ विद्युतले मान्छेका दैनिक आवश्यकता तथा इच्छा समेत पूरा गरेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="