Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत उत्पादन ८ हजार मेगावाट नाघ्यो, दुई वर्षभित्र जडित क्षमता २६ हजार पुग्ने

राजा रिज्वी श्रावण २२, २०७६   2710

अन्तर्राष्ट्रिय



पाकिस्तान— विद्युत उत्पादनमा आक्रामक रणनीति अपनाउँदै आएको पाकिस्तानमा जलविद्युत उत्पादन ८ हजार मेगावाट नाघेको छ । जल तथा ऊर्जा विकास प्राधिकरणले सञ्चालन गरिरहेका आयोजना तथा नयाँ समेत थपिएपछि उत्पादन बढेको हो ।

ad

सरकारले गत साता कायम गरेको रेकर्डका आधारमा जलविद्युत उत्पादन ८ हजार १ सय ५८ मेगावाट पुगेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी तारबेला विद्युतगृहबाट उत्पादन भएको थियो । पाकिस्तानमा जलविद्युत उत्पादन सम्भाव्यता १ लाख मेगावाट रहेको छ ।

यसैगरी, तारबेला चौथो, निलम–जेलम विद्युतगृह उत्पादन थपेका थिए । यहाँ तारबेला (३४९६ मेगावाट), मङ्ला (२८० मेगावाट), तारबेला चौथो (१४१० मेगावाट), घाजी बरोथा (१४५० मेगावाट) र निलम–जेलम (९७८ मेगावाट) सञ्चालन भइरहेका छन् ।

पाकिस्तानले सन् २०२० सम्म कूल विद्युत उत्पादन २६ हजार मेगावाट पुर्याउने लक्ष्य राखेको छ । चालू वर्ष (सन् २०१९) मा मात्र ३ हजार मेगावाट केन्द्रीय प्रणालीमा थपिने ऊर्जा मन्त्रालय विद्युत महाशाखाका सचिव इरफान अलीले जानकारी दिए ।

३ हजार मेगावाट थपिएपछि प्रणालीमा जडित क्षमता २३ हजार मेगावाट पुग्नेछ । यस्तै, सन् २०२० भित्र थप ३ हजार मेगावाट थपेर २६ हजार मेगावाट पुर्याउने अलीले बताए ।

प्रो पाकिस्तानीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="