Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऊर्जा तथा जलविद्युतमा एनएमबी बैंकको लगानी प्रतिबद्धता १८ अर्ब पुग्यो

ऊर्जा खबर असोज १३, २०७६   1600

बैंक



काठमाडौं पछिल्ला वर्ष आफ्नो लगानी उत्पादनशील क्षेत्रमा लक्षित गर्दै आएको एनएमबी बैंक लिमिटेडले अहिलेसम्म करिब १८ अर्ब रुपैयाँ ऊर्जा तथा जलविद्युतका लागि प्रतिबद्धता जनाएको छ । सम्भवतः यो क्षेत्रमा लगानी गर्ने एनएमबी अगुवा बैंक हो ।

अहिलेसम्म ३४ जलविद्युत आयोजनाका लागि लगानी प्रतिबद्धता गइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘कूल ९१ अर्ब लगानीको ७ प्रतिशत (६ अर्ब रुपैयाँ भन्दा बढी) ऊर्जा तथा जलविद्युतमा गएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामी यो क्षेत्रमा अपार सम्भावना देखेर अगाडि बढेका छौं ।’

ad

लघुजलविद्युत र सौर्य ऊर्जामा बैंकले लगानी बढाइरहेको छ । एनएमबीको अगुवाई वा यसको संलग्नतामा लगानी भएका आयोजनाको क्षमता करिब ४ सय मेगावाट पुगेको जनाइएको छ ।

सुरुमा दोलखामा निर्माण भएको ९ सय किलोवाटको कुथेली लघुजलविद्युतबाट लगानी सुरु गरेको बैंकले अहिले ७३ मेगावाटसम्मका आयोजनामा लगानी गरिरहेको छ । बैंकमा इन्जिनियरिङ समूह पनि भएकाले लगानी गर्नुपूर्व हाइड्रोलोजी, प्राविधिक अध्ययनअनुसार लागत र प्रतिमेगावाट आम्दानी हेर्ने गरिएको छ ।

बैंकले लगानी गरेका १३ मेगावाटको थापा खोला, १० मेगावाटको तल्लो मोदी–१ बाट विद्युत उत्पादन भइरहेको छ । यस्तै, १८ मेगावाटको सोलु खोला, २३ मेगावाटको सोलु र २५ मेगावाटको माथिल्लो दोर्दी निर्माणको अन्तिम चरणमा छन् । आयोजना राम्रो र त्यही अनुसार व्यवस्थापन हुने हो भने १ सय ५० मेगावाटसम्मको आयोजनामा बैंकले लगानी गर्न सक्ने केसीले बताए ।

अहिलेसम्म वाणिज्य बैंकहरूको २५–२६ खर्ब रुपैयाँ ऋण लगानीलाई आधार मान्दा यसको ५ प्रतिशतले १ खर्ब २५ अर्ब रुपैयाँ जलविद्युतमा लगानी भएको देखिन्छ । २५–२६ खर्ब रुपैयाँको ऋणको आकारका आधारमा स्वदेशी बैंक वित्तीय संस्थाले ६ हजार मेगावाटसम्म लगानी गर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="