Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा उदाउँदै अफ्रिका, ४२ देशको ३६ हजार मेगावाट कसले कति उत्पादन गरे ?

ऊर्जा खबर जेठ ०३, २०७६   2082

अन्तर्राष्ट्रिय



काठमाडौं– अफ्रिका महादेशमा अवस्थित ४२ मुलुकले सन् २०१८ सम्म करिब ३६ हजार मेगावाट जलविद्युत उत्पादन गरेका छन् । प्राविधिकरूपले उच्च सम्भाव्यता भए पनि अफ्रिका विश्वमा  कम जलविद्युत उत्पदनकर्ता महादेश मानिन्छ ।

प्रतिशतका दृष्टिले यो विश्वमै सबैभन्दा बढी जलविद्युत उत्पादन गर्न सकिने महादेश रहेको पनि अध्ययनले देखाएको छ । अफ्रिकी मुलुकभर झन्डै ३ लाख ३० हजार मेगावाटको सम्भाव्यता रहे पनि अहिलेसम्म ११ प्रतिशतमात्र उत्पादन गर्न सकेको छ ।

ad

अन्तर्राष्ट्रि जलविद्युत संघ (आइएचए) ले यसै साता सार्वजनिक गरेको ‘जलविद्युतको अवस्था प्रतिवेदन २०१९’ अनुसार अफ्रिकी मुलुकहरूले अहिलेसम्म ३६ हजार २ सय ४६ मेगावाट विद्युत उत्पादन गरेका छन् ।

सन् २०१८ मा एक हजार मेगावाट विद्युत उत्पादन भएका देशको अवस्थाका आधारमा गरिएको अध्ययन प्रतिवेदन फ्रान्समा आयोजित विश्व जलविद्युत कँग्रेसमा प्रस्तुत गरिएको थियो । ‘विशाल नवीकरणीय ऊर्जा स्रोत भए पनि अफ्रिका ऊर्जाका लागि परम्परागत तेल, ग्यास र बायोमासमा आश्रित छ,’ प्रतिवेदनमा भनिएको छ, ‘८६ प्रतिशत जैविक ऊर्जा अपत भइरहनुको पछाडि जलविद्युत उत्पादन नहुनु मुख्य कारण हो ।’

अफ्रिकन युनियन र अफ्रिकन विकास बैंकले ‘अफ्रिकामा पूर्वाधार विकासका लागि कार्यक्रम (पिडा)’ लाई सहयोग गर्दै आएका छन् । यसमा ती निकायले जलविद्युत उत्पादन तथा क्षेत्रीय विद्युत व्यापारमा अन्तरआवद्धतालाई उच्च प्राथमिकता पनि दिएका छन् । पिडाका अनुसार बढ्दो विद्युत माग सम्बोधन गर्न अहिलेको १ लाख २५ हजार मेगावाट जडित क्षमतालाई सन् २०४० सम्म हरेक वर्ष ६ प्रतिशतले बढाउँदै लैजानुपर्ने देखिन्छ ।

अफ्रिकामा आगामी दुई–तीन वर्षभित्र ४ हजार ७ सय मेगावाटबराबर जलविद्युत थप हुने देखिन्छ । जसमा अंगोलामा निर्माण भइरहेको २ हजार ७० मेगावाटको लौका मुख्य हो । यहाँ १ हजार ३ सय ३६ मेगावाट उत्पादन भइसकेको छ । यस्तै, जाम्बियाको ७ सय ५० मेगावाट तल्लो काफु गर्ज, नाइजेरियाको ७ सय मेगावाट जुंगेरु र १ सय ८३ मेगावाटको इसिम्बाबाट सन् २०१९ मार्चमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । युगानडामा निर्माणाधीन ६ सय मेगावाटको करुमा पनि छिट्टै सञ्चालनमा आउने बताइएको छ ।

युथोपियाले सन् २०२५ सम्म आफ्ना सबै नागरिकसमक्ष विद्युतको पहुँच पुर्याउने लक्ष्य राखेको छ । यसका लागि उसले सोही अवधिमा हालको ४ हजार ५ सय ६६ मेगावाटबाट १७ हजार ३ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्नुपर्ने औंल्याइएको छ । यसका लागि जलविद्युतसँगै वायु, जियोथर्मल र बायोमासमा पनि जानुपर्ने उल्लेख छ ।

इथियोपियामा निर्माणाधीन ६ हजार ३ सय ५० मेगावाटको ग्रान्ड रिनेसान्स बाँधको काम सन् २०१८ को अन्त्यसम्म दुई तिहाई पूरा भएको छ । सरकारले ल्याएको १५ वर्षे रणनीति ‘विकास र रूपान्तरण योजना’ अनुसार सन् २०२५ सम्म देशलाई विकासशील अवस्थाबाट मध्यम आयमुलकमा पुर्याउने लक्ष्य छ ।

अन्य अफ्रिकी मुलुकले पनि विद्युत उत्पादनलाई उच्च महत्त्वका साथ अघि बढाएका छन् । अंगोला, कंगो, इजिप्ट, मोजाम्बिक, सुडान, चिली, मोरोक्को लगायत देशमा २० देखि २–३ हजार मेगावाटसम्मका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । यिनले विद्युतको आवश्यकता पूरा गर्दै कृषि सिँचाइमा पनि ठूला परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसबाट अफ्रिकी मुलुकहरू विकासित देशको मार्गमा अघि बढेको प्रस्ट हुन्छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस