Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाकिस्तानमा जलविद्युत उत्पादन ४० प्रतिशतले बृद्धि, प्रतियुनिट लागत ५ रुपैयाँ

ऊर्जा खबर असोज १२, २०७६   1862

अन्तर्राष्ट्रिय



काठमाडौं— पूर्वक्रिकेटर इमरान खान सत्तामा आएपछि विद्युत उत्पादनलाई उच्च प्राथमिकतामा राखेका थिए । उनले स्वच्छ ऊर्जा (जलविद्युत) लाई अझ बढी महत्त्व दिँदै ठूला बाँध निर्माण गर्न छुट्टै कोष स्थापना गरी रकम संकलनको अभियान सुरु गरेका छन् ।

खानकै प्रयासले पछिल्लो समय धमाधम जलविद्युत आयोजना निर्माण भइरहेको पाकिस्तानी समाचार एजेन्सीहरूले जनाएका छन् । अहिलेसम्म कूल विद्युत उत्पादनको करिब ४० प्रतिशत जलविद्युतबाट पूर्ति भइरहेको छ ।

ad

थर्मल तथा तेलमा आधारित विद्युतगृहको तुलनामा जलविद्युत सस्तो पर्ने, वातावरणीय जोखिम कम हुने लगायत कारणले यसतर्फ विकासकर्ताको आकर्षण बढिरहेको पनि एजेन्सीहरूले उल्लेख गरेका छन् । निर्माणाधीन, निलम, झेलम र तारबेला–४ निर्माणपछि जलविद्युतको हिस्सा अझ बढी हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानले सन् २०१८ मा विश्वमै सबैभन्दा बढी जलविद्युत उत्पादन गरेर रेकर्ड राखेको थियो । बेलायतस्थित अन्तर्राष्ट्रिय जलविद्युत संघ (आइएचए) का अनुसार पाकिस्तानले सन् २०१८ मा २ हजार ७ सय ८७ मेगावाट जलविद्युत उत्पादन गरेको थियो ।

झन्डै १० हजार मेगावाट जलविद्युत उत्पादन गरेको पाकिस्तानको सम्भाव्यता करिब १ लाख मेगावाट छ । पाकिस्तानले पछिल्लो एक वर्षमा मात्र ३६ प्रतिशतभन्दा बढी विद्युत थप गरेको छ । निर्माणाधीन १५ सय मेगावाटको तारबेला–४, ९ सय ५० मेगावाटको निलम जेलम अहिलेसम्मकै ठूला आयोजना हुन् ।

पाकिस्तानले सन् २०१९ को अगष्टमा मात्र ५ हजार ६ सय ६८ गिगावाट घन्टा जलविद्युत उत्पादन गरेको थियो । जलविद्युतले डिजेलमा आधारित विद्युतगृह घटाउन मद्दत गर्नुका साथै लागतसमेत घटिरेहको छ । पछिल्लो समय जलविद्युत लागत १३ प्रतिशत घटेर प्रतियुनिट ४.८३ रुपैयाँ (पाकिस्तानी) कायम भएको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="