Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काबेली र सहायक खोलाबाट डेड सय मेगावाट विद्युत उत्पादन

ऊर्जा खबर असोज २७, २०७६   1776

जलविद्युत



काठमाडौं । विद्युत उत्पादनमा महत्त्वपूर्ण मानिएको पूर्वको काबेली र यसका सहायक खोलाबाट अहिलेसम्म करिब डेढ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भएको छ । काबेली सहित, इवा, माई र पुवा खोलामा उक्त परिमाणको विद्युत उत्पादन भएको हो ।

निजी क्षेत्रको लगानीमा निर्माण भएका सबै आयोजनाको विद्युत ९१ किलोमिटर १३२ केभी काबेली कोरिडोर (प्रसारण लाइन) जोडिएको छ । कोरिडोरको पहिलो, दोस्रो र तेस्रो खण्डमा १ सय ५६ मेगावाट विद्युत जोडिएको छ ।

ad

पहिलो खण्ड इलाम–गोदक (झापा) ३५ किलोमिटर अन्तर्गत ८४.३ मेगावाट, दोस्रो खण्ड सोयक (इलाम)–फिदिम (पाँचथर) ४२.८८ किलोमिटर अन्तर्गत ३७.१ मेगावाट र तेस्रो खण्ड थापाटार–अपरपुर अन्तर्गत (फिदिम) ३४.९ मेगावाट विद्युत जोडिएको छ ।

२०७२ साल असोजबाटै सञ्चालनमा आएको पहिलो खण्डमा सानिमाले निर्माण गरेका २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेड जोडिएका छन् । यस्तै, सोही खण्डमा नेपाल विद्युत प्राधिकरणको ६.२ पुवा खोला, १२ मेगावाटको अप्पर माई, ७.६ मेगावाटको जोगमाई, ४ मेगावाटको पुवा खोला–१, ७.८ मेगावाटको सुपर माई, ३ मेगावाटको अप्पर पुवा, ९.६ मेगावाटको सुपर माई ‘ए’, ५.१ मेगावाटको अप्पर माई ‘सी’ जोडिएका छन् ।

दोस्रो खण्डको सबस्टेसन थापाटारमा २२.२ मेगावाटको तल्लो हेवा र १४.९ मेगावाटको हेवा खोला ‘ए’ जोडिएका छन् । उता तेस्रो खण्डको अमरपुर सबस्टेसनमा अरुण काबेली पावर कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली ‘बी’ १ र ९.९ मेगावाटको इवा खोला जोडिएका छन् ।

यस क्षेत्रमा अहिले ३७.६ मेगावाटको काबेली ‘ए’ लगायत आयोजना निर्माण भइरहेका छन् । करिब ११ वर्षपछि काबेली कोरिडोर निर्माणपछि यस क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत जोड्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="