Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

 ५ जलविद्युत कम्पनीको सेयर ६० रुपैयाँभन्दा तल, लगानीकर्ताले कराेडाैं गुमाए

ऊर्जा खबर कार्तिक ०७, २०७६   2738

सेयर



काठमाडौं। पुँजी बजार (दोस्रो बजार) मा काराेबार गरिरहेका ५ जलविद्युत कम्पनीको सेयर मूल्य ६० रुपैयाँभन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई कारोबार गरिरहेका यी जलविद्युत कम्पनीको सेयर प्राथमिक बजारकाेभन्दा सस्तो भएको हो ।

दिव्यश्वरी, आँखुखोला, युनियन र नेशनल हाइड्रो पावर कम्पनीको सेयर घटेर ६० रुपैयाँभन्दा तल पुगेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार दिव्यश्वरी र आँखुखोलाको प्रतिकित्ता सेयर ५३ रुपैयाँमा कारोबार भइरहेको छ । यी दुई कम्पनीको अहिलेकाे सेयर मूल्य प्राथमिक बजारको भन्दा ४७ रुपैयाँ सस्ताे हाे ।

ad

यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ५४ रुपैयाँ छ । प्राथमिक बजारमा प्रतिकित्ता सय रुपैयाँ लगानी गरेका लगानीकर्ताले दोस्रो बजारमा प्रतिकित्ता सेयरमा ४६ रुपैयाँ गुमाएका छन् । कुनै बेला यस कम्पनीको सेयर घटेर ५०रुपैयाँभन्दा तल पुगेको थियो ।

यस्तै, युनियन हाइड्रोकाे प्रतिकित्ता सेयर ५७ रुपैयाँमा किनबेच भइरहेकाे छ । यस कम्पनीले निर्माण गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत केन्द्रमा लगानी गर्ने लगानीकर्ताले प्रतिकित्ता सेयरमा ४३ रुपैयाँ गुमाएका छन् । याे कम्पनी गएकाे आर्थिक वर्षमा नेप्सेमा सूचीकृत भएकाे थियाे । सूचीकृत भएर काराेबार सुरु भएलगत्तै सेयर मूल्य ओरालाे लाग्न सुरु भएकाे थियाे ।

खानीखोला जलविद्युत कम्पनीमा लगानी गर्ने लगानीकर्ताले पनि प्रतिकित्ता सेयरमा ४१ रुपैयाँ गुमाएका छन् । दोस्रो बजारमा यो कम्पनीको प्रतिकित्ता सेयर ५९ रुपैयाँमा किन बेच भएकाे नेप्सेले जनाएको छ ।

यसैगरी, नेप्सेमा सूचीकृत १४ जलविद्युत कम्पनीको सेयर ६० देखि ९८ रुपैयाँको बीचमा छ । स्याङ्गे हाइड्रो, युनिभर्सल पावर, अरुण भ्याली, बरुण, छ्याङ्दी, घलेम्दी, जोशी, कालिका पावर, माउन्टेन हाइड्रो नेपाल, नेपाल हाइड्रो डेभलपर्स, ङादी ग्रुप, पञ्चकन्या माई, पाँचथर पावर र रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा कमको सूचीमा छन् ।

जसमा घलेम्दी र जोशी हाइड्रो पावरको सेयर मूल्य समान ६३ रुपैयाँ छ । छ्याङ्दी, कालिका, रिडी र माउन्टेन हाइड्रोकाे सेयर पनि समान ७९ रुपैयाँमा काराेबार भइरहेकाे छ । यी जलविद्युत कम्पनीमा लगानी गरेका लगानीकर्ताले प्रतिकित्ता सेयरमा २१ रुपैयाँ बराबरको नोक्सानी बेहोरेका छन् ।

स्याङ्गेको सेयर ७६ रुपैयाँमा झर्दा युनिभर्सल पावरका लगानीकर्ताले प्रतिकित्तामा २२ रुपैयाँ गुमाएका छन् । अरुण भ्याली र नेपाल हाइड्रोका लगानीकर्ताले पनि एक कित्तामा ४ रुपैयाँ गुमाएका छन् । पञ्चकन्या माई र बरुण हाइड्रोको ८९ रुपैयाँ, ङादी ग्रुपको ९८ रुपैयाँ र पाँचथर पावरको ९२ रुपैयाँमा करोबार भइरहेको छ ।

यसैगरी ९ जलविद्युत कम्पनीको सेयर १ सय रुपैयाँदेखि १ सय ९४ रुपैयाँको बीचमा कारोबार भइरहेको छ । जसमा युनाइटेड मोदी र रैराङ हाइड्रो पावरको सेयर १ सय रुपैयाँ छ । अपि पावरको सेयर १ सय १२ मा झर्दा अरुण काबेलीको  १ सय ३८ रुपैयाँमा किनबेच भएकाे नेप्सेले जनाएको छ ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर १ सय २ रुपैयाँ छ । हिमालयन पावर पार्टनरको १ सय ४६ रुपैयाँ छ । राधी विद्युत कम्पनी, रसुवागढी, सानिमा माई र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य क्रमशः १ सय ३७ रुपैयाँ, १ सय ७४ रुपैयाँ, १ सय ९४ रुपैयाँ र १ सय ७६ रुपैयाँ छ ।

२ सय रुपैयाँभन्दा माथि कारोबार हुनेमा चिलिमे, बुटवल पावर र अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी छन् । कुनैबेला ३ हजार रुपैयाँ माथि पुगेको चिलिमेको सेयर अहिले घटेर ४ सय २३ रुपैयाँमा झरेकाे छ । बुटवल पावरको ३ सय ६७ रुपैयाँ हुँदा अप्पर तामाकोसीको सेयर २ सय ३९ रुपैयाँमा कारोबार भएको छ ।

पछिल्लो १ वर्ष यता पुँजी बजार निरन्तर ओरालो लाग्दा जलविद्युत कम्पनीका आयाेजनामा लगानी गर्ने लगानीकर्ताले कराेडाैं रुपैयाँ गुमाएका छन् । लगानीकाे उचित प्रतिफल नआउँदा जलविद्युतको सेयर खरिदमा लगानीकर्ताको आर्कषण घटेको छ ।

दोस्रो बजारको अवस्था निराशाजनक भएकै कारण पछिल्लाे समयमा जलविद्युत कम्पनीले निष्कासन गर्ने प्राथमिक सेयरमा  बिक्री हुन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="