Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुँजी बजारमा जलविद्युत कम्पनीको हिस्सा घट्यो, बजार मूल्य घट्या घट्यै

ऊर्जा खबर कार्तिक ०७, २०७६   1105

सेयर



काठमाडौं । आर्थिक विकासको महत्त्वपूर्ण अंगको रूपमा विकास भइरहेको पुँजी बजार (सेयर मार्केट) मा जलविद्युत कम्पनीहरूको हिस्सा घटेको छ । नेपाल राष्ट्र बैंकले  जारी गरेको साउन र भदौंको वित्तीय विवरणमा पुँजी बजारको हिस्सा घटेको देखाइएको छ ।

राष्ट्र बैंकले बुधबार (कात्तिक) ६ गते सार्वजनिक गरेको वित्तीय तथ्यांक अनुसार पुँजी बजारमा जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत छ । साउन महिनाको वित्तीय विवरणमा यस्तो हिस्सा करिब ७ प्रतिशत थियो ।

ad

हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३२ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । तर, पछिल्लो समय बजारमा जलविद्युतको सेयर औसत मूल्यभन्दा पनि तल झरेको छ । यही कारण पुँजी बजारमा यसको हिस्सा घटेको देखिएको छ ।

कूल कम्पनी मध्ये १९ कम्पनीको बजार मूल्य सय रुपैयाँभन्दा कम छ । यसैगरी, सय रुपैयाँभन्दा बढी वा २ सय रुपैयाँ हाराहारी मूल्य हुने कम्पनीको संख्या १० छ । अप्पर तामाकोसी, चिलिमे हाइड्रो पावर र बुटवल पावर कम्पनीको मूल्य २ सय रुपैयाँदेखि ४ रुपैयाँको बीचमा छ ।

यसैगरी, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

गत भदौ मसान्तमा १२५६.५ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ भदौ मसान्त ८.४ प्रतिशतले ह्रास भई ११५०.७ कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो ।

धितोपत्र बजार पँुजीकरण वार्षिक बिन्दुगत आधारमा २.३ प्रतिशतले ह्रास भई २०७६ भदौ मसान्तमा १४६१ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५६७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="