Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई लिमिटेड  १९ औं वर्षमा प्रवेश

ऊर्जा खबर जेठ ३०, २०७६   85

खबर



काठमाडौं– आइएमई लिमिटेड १९ औ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो र नेतृत्वदायी रेमीट्यान्स कम्पनी बुधबार १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो ।

आइएमई लिमिटेडले आफ्नो ‘१९ औ वार्षिकोत्सव’ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको थियो । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ गरीएको उक्त कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० कर्मचारीले रक्तदान गरेका आइएमईले जनाएको छ ।

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीले अन्तराष्ट्रिय बजारमा कमाएको पैसा नेपाल पठाउने बैंकिङ्ग सञ्जालको आवश्यकता महसुस भइरहेको बेला सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।

आइएमईले अहिले २ सय १ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले पठाएको रकम सहज रुपमा भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="