Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मुक्तिनाथ विकास बैंक र  आइएमई पेबीच सम्झौता

ऊर्जा खबर असार ०२, २०७६   238

बैंक



काठमाडौं- आइएमई पे र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकिङ्ग साझेदार सम्झौता भएको छ । बैंकका खातावाहक सेवाग्राहीका लागि डिजिटल प्रविधिबाट आइएमई पेमा कमान्तर गरी भुक्तानी गर्न सक्ने व्यवस्था गर्न सम्झाैता गरिएकाे हाे ।

सम्झौता पत्रमा आइएमई पे कातर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंककातर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था भएकाे छ । बैंकमा खाता भएका सेवाग्राहीले आइएमई पेमार्फत डिजिटल प्रविधिबाट विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।

करिब २० हजार एजेण्ट आउटलेट रहेकाे ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले बैंकको सुविधाबाट बञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="