Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अशोक लेल्याण्ड र कञ्चन डेभलपमेन्ट बैंक बिच सम्झौता

ऊर्जा खबर श्रावण २८, २०७६   156

खबर



काठमाडौं– आईएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्वित अशोक लेल्याण्ड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए.खानले हस्ताक्षर गरेका छन् ।

ad

सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बाट पाउने भएका छन् । यस्तै, ग्राहकले अशोक लेल्याण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुपमा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="