विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई लिमिटेड र समय रेष्टुरेन्टबीच सम्झौता

ऊर्जा खबर कार्तिक १६, २०७५ 149

काठमाडौं– आइएमई लिमिटेड र समय रेष्टुरेन्टबीच एक अर्काको व्यवसाय प्रवर्द्धन गर्न सहमत भएका छन् । आइएमई र रेष्टुरेन्टबीच व्यवसाय प्रवर्द्धन गर्ने सम्झौता गरेका हुन् ।

सम्झौतामा आइएमईका व्यापार प्रवर्द्धन अधिकृत अविनाश श्रेष्ठ र रेष्टुरेन्टका तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरे । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीले रेष्टुरेन्टले दिने सेवामा १० प्रतिशत छुट् पाउने छन् ।

बिहीबारबाट छुटको सेवा सुरु भएको छ । आइएमईको प्रिभिलेज कार्ड बाहक सेवाग्राहीले रेष्टुरेन्टमा पाइने खानाका परिकार र पेय पदार्थमा छुट पाउने छन् ।

आइएमईसँग आवद्ध सेवाग्राहीलाई विविध सेवामा सहुलियत दिने उद्देश्यले सम्झौता गरेर सहकार्य गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

ग्रुपले १८ वर्ष अवधिमा देशभरका ७६ जिल्लाका १ सय ८४ आइएमई सेन्टरसहित ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="