विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई र पल्पसा क्याफेबीच सम्झौता

ऊर्जा खबर कार्तिक १९, २०७५ 219

काठमाडौं– आइएमई लिमिटेड र बसन्तपुरस्थित पल्पसा क्याफेबीच सम्झौता भएको छ । जसअनुसार आइएमई प्रिभिलेज कार्ड हुने सेवाग्राहीले उक्त क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत छुट पाउनेछन् ।

सुविधा लिन आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । सम्झौतामा आइएमईका ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र क्यापmेका प्रोप्राइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । सम्झौता असोज २४ गतेदेखि दुई वर्षसम्म लागू हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सहुलियत सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

स्थापनादेखिे रेमिट्यान्स सेवा दिँदै आएको कम्पनीले सेवा सुरु गरेको १८औँ वर्षसम्म देशका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर स्थापना गरेको छ । यस्तै, ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="