Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई र माछापुच्छ्रे बैंकबीच अस्योरेन्स सम्झौता

ऊर्जा खबर फागुन २४, २०७५   283

बैंक



काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंकका सेवाग्राहीलाई सहजरुपमा बीमा सम्बन्धि सेवा दिन सम्झौता गरिएको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकको तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौताअनुसार सर्वसाधारण तथा बैंकका सेवाग्राहीले देशभरका शाखाबाट कम्पनीको बीमा सम्बन्धि सेवा लिन सक्ने छन् ।

कम्पनीले देशभरमा हाल ६७ भन्दा बढी शाखामार्फत बीमाको सेपा दिँदै आएको छ । अहिले कम्पनीका सरल सर्वाधिक, बालशिक्षा, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायत बीमा सम्बन्धि १० वटा योजना छन् । न्यून आय जनतामा जीवन बीमाको पहुँच पुर्याई सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

आइएमईको सञ्चालक समितिमा दिपक शर्मा पोखरेल

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा दिपक शर्मा पोखरेल नियुक्त भएका छन् । संस्थापक इश्वरकुमारईश्वरकुमार कार्कीको राजिनामापछि रिक्त सदस्य पदमा कम्पनीको सञ्चालक समिति बैठकले उनलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="