विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमईकाे ‘दशैंमा २० लाख’ योजनामा मल्लले एक लाख जिते

ऊर्जा खबर कार्तिक १४, २०७५ 219

काठमाडौं– इन्टरनेशनल मनी एक्सचेन्ज (आइएमई) ले दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याएको ‘दशैंमा २० लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरिएको छ । लक्की ड्रबाट क्योदाइ रेमिट्यान्स जापानबाट नेपालमा आइएमई गर्ने सेवाग्राही नेत्रबहादुर मल्लले एक लाख रुपैयाँ जितेका छन् ।

गत असोज ७ गतेदेखि सुरु भई मंसिरसम्म लागू हुने सेवाग्राहीमुखी योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राही विजेता घोषित भइसकेका छन् ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । साथै, यस अवधिभर गरिएको ट्रान्जेक्सन (कारोबार) लाई आइएमईको सफ्टवेयर प्रणालीमा लिङ्क गरी ‘लक्की ड्र’ विजेता छानिन्छ ।

छनोट हुने विजेता मध्ये दैनिक १० जना सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता एक जनालाई १० हजार रुपैयाँ, मासिक एक जनालाई एक लाख रुपैयाँ तथा बम्परमा एक जनालाई २० लाख रुपैयाँ प्रदान गरिनेछ । विजेताले प्राप्त गर्ने पुरस्कार रकममा सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्टमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल योजना अवधिसम्म सुरक्षित राख्नुपर्ने हुन्छ ।

कम्पनीले अहिलेसम्म देशका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न ठाउँमा बसोबास गर्ने आफन्तलाई वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="