body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

धिरेन्द्रकुमार झागड आइएमई ‘दशैंमा २० लाख’ योजनाका विजेता

ऊर्जा खबर पुष २०, २०७५   118

बैंक



काठमाडौं– धिरेन्द्रकुमार झागड आइएमई २० लाख योजनाको विजेता बनेका छन् । आइएमईको ‘दशैंमा २० लाख’ योजना अन्तर्गत ठूलो धनराशीको भाग्यशाली विजेता बनेका हुन् ।

ad

मलेशियाबाट आइएमईमार्फत नेपालमा पैसा पठाउने उनलाई गोला प्रथाबाट विजेता चयन गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सफ्टवेर पद्धतिबाट गोलाप्रथा गरिएको थियो । विजेता बनेका झागडलाई नगद २० लाख रुपैयाँ हस्तान्तरण गरिने आइएमई ग्रुपले जनाएको छ ।

विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले उत्कृष्ट सेवा दिन सकेकै कारण आइएमई सेवाग्राहीको भरपर्दो ब्राण्ड हुन सकेको बताए । उनले अब आइएमई पे मार्फत सबै प्रकारका भुक्तानी सेवा सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ‘दशैंमा २० लाख’ योजनाले सेवाग्राही र कम्पनीबीचको सम्बन्ध प्रगाढ बनाउने बताए ।

२०७५ असोज ७ गतेबाट सुरु भई मंसिर मसान्तसम्म लागु भएको योजनामा दैनिक गोला प्रथाबाट ८ सय ४०, साप्ताहिकबाट १२, मासिकबाट ३ र बम्पर ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ १ जना गरी कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको आइएमई ग्रुपले जनाएको छ ।

१८ वर्षअघि स्थापना भएकाे ग्रुपले देशभरका १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="