विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता

ऊर्जा खबर मङि्सर १९, २०७५ 141

काठमाडौं– आइएमई समूहद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल  बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ  र बैंकका सेवाग्राहीले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत सेवा लिन सक्नेछन् । साथै, बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेड

१६,०००  भन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे, आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आइएमई डिजिटलले दूर सञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराइरहेको छ । यसको मद्दतबाट सेवाग्राही आफैंले वा एजेन्टको सहयोगमा मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि अनलाइन तथा स्थलगत स्टोरमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="