Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सकाे शाखा विस्तार

ऊर्जा खबर चैत १०, २०७५   124

बैंक



काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले दाङ्गको घोराही र सल्यानको शारदामा शाखा विस्तार गरेको छ । कम्पनीले आइतबारबाट  दुई जिल्लामा शाखा विस्तार गरेको हो ।

ad

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले घोराही शाखा कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आइएमई समूहले विगतदेखि नै  दाङमा सबैखाले सेवा विस्तार गर्दै लगेको बताए । बीमा सम्बन्धि सेवाबाट जिल्लाका सेवाग्राही थप लाभान्वित हुने उनले विस्वास व्यक्त गरे ।

यस्तै, शारदा शाखा कार्यालयको जिल्ला समन्वय समिति अध्यक्ष केशबहादुर विष्ट र ढकालले संयूक्तरुपमा गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले जिल्लामा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने बताए ।

ad

विस्तार भएका दुवै शाखाले आइतबारबाट जीवन बीमाको कारोबार सुरु गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्सले देशभरमा ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले १० वटा योजना बजारमा ल्याएको छ ।

न्यून भन्दा न्यून आय भएका सहरी तथा ग्रामीण जनतामा जीवन बीमाकाे पहुँच  पुर्याउने कम्पनीकाे उद्देश्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="