विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बिमा सम्झौता

ऊर्जा खबर मङि्सर १९, २०७५ 353

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडबीच दुर्घटना तथा औसधोपचार बिमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैकले आफ्ना खातावाला ग्राहकलाई १० लाख रुपैयाँबराबरको निशुल्क दुर्घटना र २५ हजार रुपैयाँको औषधोपचार बीमा इन्स्योरेन्सबाट प्रदान गर्नेछ । सम्झौता कार्यक्रममा शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालको निशुल्क १० लाख रुपैयाँ तथा २५ हजार रुपैयाँको औसधोपचार बिमा हुने जानकारी दिए । यस्तै, इन्स्योरेन्सका श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="