Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच अस्योरेन्स सम्झौता

ऊर्जा खबर फागुन ०१, २०७५   142

बैंक



काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । कम्पनी र बैंकबीच  सम्झौतामा हस्ताक्षर भएको हो ।

ad

बैंक अस्योरेन्स सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका सेवाग्राही ग्राहकले कैलाश विकास बैंकको जुनसुकै शाखाबाट छिटो, छरितो र सहज रुपमा कम्पनीको जीवन बीमा गराउन सक्नेछन् ।

बैंकका सबै शाखाले कम्पनीको जीवन बीमाबारे सम्पूर्ण जानकारी पनि दिनेछन् । कम्पनीको हाल देभरमा ६७ भन्दा बढी शाखा सञ्चालनमा छन् । कम्पनीले जीवन बीमा सम्बन्धि १० योजना बजारमा ल्याएको छ ।

ad

सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन बीमा कम्पनीका योजना हुन् । न्यून आय भएका सहरी तथा ग्रामिण जनतालाई बीमा योजनामा समटेर देशभर जीवन बीमा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="