Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई लाइफ र गरिमा बैंकबीच अस्योरेन्स सम्झौता

ऊर्जा खबर जेठ २१, २०७६   258

बैंक



काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच ‘बैंक अस्योरेन्स सम्झौता’ भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरूपमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ ।

इन्स्योरेन्सले हाल ७६ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजीवन लगायत बीमा योजना ल्याएको छ ।

इन्स्योरेन्सको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका सहरी तथा ग्रामीण भेगका व्यक्तिको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="