काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच आइतबार इन्स्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकका कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरूपमा जीवन बिमा गराउनुका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
इन्स्योरेन्सले हाल ६२ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान्य सर्वाधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा लगायत लगायत १० बिमा योजना ल्याएको छ । कम्पनीका अनुसार इन्स्योरेन्सको मुख्य उद्देश्य न्यून आय भएका सहरी तथा ग्रामीण भेगका व्यक्तिको समेत जीवन बिमामा पहुँच पु¥याउनु हो ।
प्रतिक्रिया दिनुहोस