Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अशोक लेल्याण्ड र आइसिएफसीबीच सम्झौता

ऊर्जा खबर श्रावण ०८, २०७६   548

बैंक



काठमाडौं— आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र आइसिएफसी फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले आइसिएफसी फाइनान्सबीच सहज ७० प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन् । यसैअनुरूप ग्राहकले अशोक लेल्याण्डका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।

ad

यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायत क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="