विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई ग्रुप र नउलिन स्पोर्टस भिल्लाबीच सम्झौता

ऊर्जा खबर कार्तिक १५, २०७५ 176

काडठमाडौं– आइएमई ग्रुप र नउलिन स्पोर्टस भिल्लाबीच सम्झौता भएको छ । आइएमई ग्रुप र भिल्लाबीच एक अर्काको प्रवद्र्धन गर्ने सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतामा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्था प्रमुख राजु पौडेल र भिल्लाका तर्फबाट प्रबन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारी तथा आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट् पाउने भएका छन् ।

मानव स्वास्थ्यसँग जोडिएको खेलप्रतिको चासो बढ्दै गएको समयमा आइएमई जस्तो चलायमान व्यापारिक ग्रुपसँग सम्झौता गर्न पाउँदा खुशी लागेको थापाले बताए ।

सम्झौता अनुसारको सुविधा लिन आइएमई ग्रुपमा कार्यरत कर्मचारीले परिचयपत्र र सेवाग्राहीले आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ । यो सम्झौता आगामी मंसीर १ गतेबाट लागु भई २ वर्षसम्म कायम रहनेछ ।

सम्झौतापछि आइएमई ग्रुपमा कार्यरत ४ हजार कर्मचारी तथा लाखौँ सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="