Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप

ऊर्जा खबर असार २५, २०७६   184

खबर



काठमाडौं– आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित ‘आइएमई पे’ मोबाईल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । कम्पनीले एपमा डिल्स भन्ने नयाँ प्रावधान थप गरेको हो ।

डिल्सबाट ‘आईएमई पे’ मोबाईल वालेट एप चलाउने ग्राहककले विभिन्न रेस्टुरेन्ट वा पसलले उपलब्ध गराएको अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  यो एप गुगल प्ले वा एप स्टोरमा सजिलै डाउनलोड गर्न सकिनेछ ।

आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीले आइएमई वा आइएमई पे एजेन्टबाट, आइएमई पे मोबाइल वालेट एप चलाउनेबाट मोबाइल वालेटमा पैसा हाल्न सक्नेछन् । काठमाडौं र पोखराका विभिन्न रेस्टुरेन्टमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

आइएमई पे मोबाइल वालेट एप प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्व हुने सेवाग्राहीको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नहाटाले बताए । उनका अनुसार थप गरिएको डिल्सबाट सेवाग्राहीले आफ्नो वरिपरि के–कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउनेछन्  ।  आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता

१. ‘आइएमई पे’ मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिनेछ ।

२.आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकलाई देखाउन वा प्रदर्शन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="