Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता

ऊर्जा खबर बैशाख ०४, २०७६   198

बैंक



काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ । सहकारी संस्थासँग जोडिएका आइजीआई विद्यार्थीका लागि बीमालेख सम्बन्धि सेवा दिन सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाकोतर्फबाट अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे । सम्झौता अनुसार सहकारी संस्थामा खाता खोलेर निश्चित रकम राखेका विद्यार्थीका लागि आइएमईले बीमा सम्बन्धि विभिन्न सेवा प्रदान गर्नेछ ।

सहकारी संस्था आफैंले बीमा शुल्क भुक्तानी गरेर खाताग्राही विद्यार्थीको व्यक्तिगत दुर्घटना, औषधी उपचार तथा मासिक शुल्कसहितको बीमालेख  सेवा दिनेछ । विद्यार्थीको नामकाे दुर्घटना बीमाको आमा बुबाले हकदाबी गर्न मिल्ने आइएमी इन्स्योरेन्सले जनाएको छ । सहकारी संस्थामा आवद्ध कर्मचारी तथा सदस्यले पनि निर्जीवन बीमा सेवा प्राप्त गर्ने सम्झाैतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="