Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७५३४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०५४४ मे.वा. घन्टा
  • भारत : ५४६१ मे.वा. घन्टा
  • ट्रिपिङ : ६८५ मे.वा. घन्टा
  • माग : २४२२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुधारिएको चुलोः समय र दाउराको बचत

ऊर्जा खबर बैशाख २, २०७६   497

नवीकरणीय ऊर्जा



मोरङ लेटाङ निवासी ३१ वर्षिया गीता दाहाल, कीर्तिमान सामुदायिक वन उपभोक्ता समितिको टोली प्रमुख हुन् । वन उपभोक्ता समितिको नेतृत्व गरेकी उनको घरको भान्छामा खाना पकाउने परम्परागत माटोको चुलो थियो ।

परम्परागत शैलीमा निर्माण भएको चुलोको प्रयोगले भान्छामा हुने धुवाँले उनलाई आँखा पोल्ने र टाउको दुख्ने समस्या हुँदा स्वास्थ्यमा प्रतिकुल असर परेको थियो । भान्छा कोठा पनि कालो हुने तथा परम्परागत चुलोबाट धेरै धुवाँ निस्कने हुँदा चाँडै फोहोर हुन्थ्यो । खाना पकाइसकेपछि फोहोर भएको चुलो पोत्न रुपमा दैनिकरुपमा समय छुट्याउनु पर्ने बाध्यता गीतालाई थियो । यतिमात्र नभइ परम्परागत चुलोमा दाउरा पनि धेरै खपत हुन्थ्यो ।

ad

एकदिन गाउँमा एकदिने सुधारिएको चुलो सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी राखियो । उनलाई पनि गोष्ठीमा सहभागी हुने अवसर जुर्यो । सुधारिएको चुलोको फाइदाबारे बुझेकी गीताले गोष्ठीबाट चुलो बनाउने प्रेरणा पाइन ।

उनी सम्झिन्छिन,‘ अभिमुखीकरण गोष्ठीमा परम्परागत र सुधारिएको रकेट चुलो बालेर उस्तै उस्तै भाँडामा उति नै चामल र दूध हालेर बसालिएको थियो । दाउरा पनि बराबर जोखेर छुट्याइएको थियो । परिणामस्वरुप सुधारिएको रकेट चुलोमा बसालेको खीर परम्परागतभन्दा ३ मिनेट पहिले पाक्यो र दाउरा पनि ३० प्रतिशत कम प्रयोग भयो ।’

धुवाँ पनि नआउने गरी आफ्नै आँखा अगाडी सुधारिएको रकेट चुलोमा कम दाउरा र कम समयमा खीर पाकेको देखेपछि आफ्नो भान्छाबाट परम्परागत चुलो हटाएर सुधारिएको चुलो राख्ने निधोमा गीता पुगिन् । र सुधारिएको चुलो भान्छामा जोडिन । छिमेकीलाई पनि सुधारिएको चुलोको उपयोगिताबारे बताइन र जडान गर्न प्रोत्साहित गरिन ।

उनीपछि सल्लाह दिएका २१ छिमकी परिवारले आफ्नो घरको भान्छाको परम्परागत चुलो हटाएर सुधारिएको चुलो जडान गरे । चुलो बनाउन इच्छा नदेखाएकाहरुले पनि उनको भान्छाको २ मुखे सुधारिएको चुलो हेरेपछि आफ्नो भान्छाबाट परम्परागत चुलो हटाएर सुधारिएको चुलो राख्ने निर्णय गरे । अहिले उनीहरुको घरमा पनि सुधारिएको चुलो जडान भएको छ ।

,‘सुधारिएको चुलोमा आगो सल्काउन सजिलो छ । भान्छा कोठाबाट धुवाँ बाहिर जाने भएकाले अहिले मलाई आँखा पोल्ने समस्या छैन,’ उनी भन्छिन,‘पहिले ७ किलो दाउरामा एक छाकको खाना पाक्थ्यो । अहिले ५ किलोभन्दा कम दाउरा खपत भइरहेको छ ।’

सुधारिएको चुलो राखेर खाना पकाउन थालेपछि दैनिक चुलो पोत्नु पर्ने उनको बाध्यता पनि हटेको छ । थोरै ठाउँ ढाक्ने सुधारिएको चुलोले आफ्नो दैनिकी सहज भएपछि गीता दंग छिन् । सुधारिएको चुलोको प्रयोगले उनको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । खाना पकाउन लाग्ने समय र दाउराको बचत भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रकाशित गरेको सफलताका कथाबाट साभार

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="