Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२० हजार मेगावाट आणविक ऊर्जा उत्पादन गर्ने भारतको लक्ष्य

ऊर्जा खबर कार्तिक ०४, २०७६   2437

अन्तर्राष्ट्रिय



काठमाडौं । भारतले आणविक ऊर्जाबाट २० हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । अबको १० वर्षमा उत्तर भारतका विभिन्न राज्यमा आणविक भट्टी सञ्चालन गरेर उक्त परिमाणको विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको हो ।

अहिलेको विद्युत वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन आणविक ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखिएको भारतको अटोमिक ऊर्जा आयोगका अध्यक्ष केएन व्यासले बताए । उनले आणविक भट्टी सञ्चालनमा आएपछि उद्योगहरुको विद्युत वितरण प्रणालीमा अहिले देखिँदै आएको ट्रिपिङको समस्या समाधान हुने दाबी गरे ।

ad

सौर्य र वायु ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत वितरण प्रणालीलाई आवणविक भट्टीले उत्पादन गर्ने विद्युतले स्थायित्व दिने पनि उनले बताए । ‘अहिलेको वितरण प्रणाली दिगो र भरपर्दो छैन, ’ उनले भने, ‘ उद्योगहरुमा जुनसुकै बेला विद्युत काटिने समस्या छ । यसको समाधानका लागि आणविण ऊर्जा उत्पादन नै भरपर्दो विकल्प हो ।’

सौर्य र वायु ऊर्जा प्रविधिबाट जडित क्षमताअनुसारको विद्युत उत्पादन नहुने हुँदा विद्युत खपत बढाउन तथा वितरण प्रणालीको गुणस्तर सुधार गर्न आणविक ऊर्जा आवश्यक रहेको उनले बताए । उनले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न समेत आणविक ऊर्जा सही विकल्प हुने जिकिर गरे ।

उत्तरी राज्यहरुमा आणविक भट्टीहरु राख्ने गृहकार्य भइरहेकाे भारतीय प्रधानमन्त्री कार्यालयका आणविक ऊर्जा तथा अन्तरिक्ष विभाग हेर्ने राज्यमन्त्री जितेन्द्र सिंहले बताए । यसअघि दक्षिण भारतीय राज्यमा आणविक भट्टीनिर्माण गर्ने योजना रहे पनि ती भट्टी उत्तरी राज्यहरुमा सारिएको हो ।

उनका अनुसार हरियाणाको गोरखपुरमा २८ सय मेगावाटको पहिलो आणविक भट्टी निर्माण गरिने भएको छ । ५६० हेक्टर क्षेत्रफलमा यो आणविक भट्टी निर्माण हुनेछ । सन् २०२५ भित्र यो आणविक भट्टी निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भारतले विद्युत वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन आणविक ऊर्जा उत्पादनलाई प्राथमिकतामा राख्दा यता नेपालको विद्युत निर्यात गर्ने योजना प्रभावित हुनेछ ।

भारतले नेपालको विद्युत खरिद गर्ने आश्वासन दिए पनि आणविक ऊर्जाको विकल्पमा गएकाले निर्यातको योजना अब याेजनामै सिमित रहने हाे कि भन्ने आशंका बढेको छ ।

इटी इनर्जी वर्ल्डबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="