Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चार्जिङ स्टेसनको एकीकृत डिजाइन तयार गरिँदै

ऊर्जा खबर असार ०, २०७६   1814

खबर



काठमाडौं- एनइए इन्जिनियरिङ कम्पनीले विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसनको एकिकृत डिजाइन निर्माण गरिरहेको छ । सौर्य ऊर्जा, ब्याट्री र विद्युतबाट साना ठूला गाडी चार्ज गर्न मिल्ने चार्जिङ स्टेसनको डिजाइनको काम भइरहेको हो ।

एउटै चार्जिङ स्टेसनमा ३ प्रकारले सवारी साधन चार्ज गर्न मिल्ने ‘एकिकृत चार्जिङ प्रणाली’ को डिजाइन तयार भइरहेको कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार डिजाइन तयार भइपछि यसैको आधारमा काठमाण्डाै उपत्यकासहित देशभर चार्जिङ स्टेसन निर्माण गर्न सक्नेछन् ।

ad

‘विद्युतीय सवारी प्रवर्द्धनका लागि देशभर चार्जिङ स्टेसन निर्माण गर्न आवश्यक छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले सौर्य ऊर्जा, स्टोरेज ब्याट्री र विद्युतबाट चार्ज गर्न मिल्ने प्रकारका डिजाइन तयार गरिरहेका छौं ।’

बढ्दो वातावरणीय प्रदुषण घटाउन तथा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीको संख्या बढाउनु पर्नेमा उनले जोड दिए । चार्जिङ स्टेसनको कार्यविधि तयार भइनसकेकाले चार्जिङ स्टेसन बनाउन इच्छुक निजी कम्पनीहरु पनि अलमलमा परेको उनले बताए ।

कार्यविधि नआउँदा चार्जिङ स्टेसको दर रेट निर्धारण हुन नसकेकाले चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रले चासो नदेखाएको शाक्यले बताए । अहिले गुडिरहेका सार्वजनिक सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न सकेमा पेट्राेलिमय पदार्थकाे खरिदमा बाहिरिने रकम राेक्न सकिने उनकाे सुझाव छ ।

जलविद्युत आयोजना तथा प्रसारण लाइन अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले खोलेको यो कम्पनीले वातावरण सम्बन्धी अध्ययन तथा परामर्श पनि गर्दै आएको छ ।

कम्पनीले सरकारी, संस्थान तथा गैरसरकारी कार्यालयलाई विद्युतीय सवारी प्रयोग गर्न सुझाव, परामर्श तथा सिफारिस गर्ने गरेको छ । केही वर्षभित्रै सवारी प्रदुषणले उपत्यकाको जनजीवन ज्यादै कष्टकर बन्ने देखिएको भन्दै अभियान सुरु गरेको हो ।

विद्युतीय सवारीको प्रवद्र्धन गर्न कम्पनीले ४ वटा विद्युतीय गाडी खरिद गरी एउटा चार्जिङ स्टेसन निर्माण गरेको शाक्यले बताए । अहिले कम्पनीमा कार्यरत शाक्यसहित मोहन आचार्य, हरि पण्डित र संगीता रायमाझीले विद्युतीय सवारी चढ्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="