Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘जलविद्युतकाे लगानी स्थिर ब्याजदर कठिन’

पुष्प काेइराला असार २३, २०७६   169

छापा



काठमाडाैं- जलविद्युत् आयोजनामा गरिएको लगानीको ब्याजदर स्थिर गर्न नसकिने बैंक तथा वित्तीय संस्थाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूले आयोजनामा गरिने ऋणको ब्याजदर स्थिर गर्न गरेको मागको विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुखले स्थिर गर्न नसकिने बताएका हुन् ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७६/७७ का लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा नेपाल उद्योग वाणिज्य महासंघले समेत जलविद्युत्मा गरिने लगानीको ब्याजदर स्थिर गर्नुपर्ने सुझाब दिएको थियो ।

जलविद्युत् आयोजनामा १० वर्षभन्दा बढी अवधिका लागि (दीर्घकालीन) ऋण लगानी गर्नुपर्ने भएकाले ब्याजदर स्थिर गर्न नसकिने बैंकर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘बढीमा १ वर्षका लागि स्थिर ब्याजमा निक्षेप लिने र १० वर्षभन्दा बढी अवधिका लागि स्थिर ब्याजदरमा ऋण दिने कार्य बैंकका लागि सम्भव छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा पनि यो सम्भव भएको देखिँदैन ।’ उनका अनुसार बैंकहरूको यही कठिनाइलाई ध्यानमा राखेर नै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), पूर्वधार बैंकजस्ता विशिष्टीकृत संस्थाहरू खुलेका हुन् ।

निश्चित ब्याज र समयका लागि जलविद्युत् आयोजनाहरूले नै बन्ड जारी गरेर पनि बजारबाट लगानी उठाउन सक्ने व्यवस्था गर्न सकिने उनले बताए । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने बैंकहरूले स्थिर ब्याजदरमा ऋण लगानी गर्न सक्ने भए पनि त्यस्तो ऋणको ब्याज दर चल्तीको दरभन्दा महँगो हुने बताए । ‘दीर्घकालीन ऋणमा ब्याजदर स्थिर गर्ने हो भने हाल १२ प्रतिशत ब्याजमा प्रवाह गरिरहेको ऋणको ब्याजदर १४–१५ प्रतिशत बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘जोखिम न्यूनीकरणका लागि महँगो ब्याज लिने संसारभरिको चलन नै हो । तर, ब्याजदर स्थिर पनि हुनुपर्ने र चल्तीको भन्दा सस्तो पनि हुनुपर्ने माग पूरा गर्न कठिन हुन्छ ।’

 विद्युत्को दरजस्तै ब्याजदर स्थिर हुनुपर्ने माग 
स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले सरकारले विद्युत् उत्पादनको मूल्य पहिल्यै स्थिर गरिदिने हुँदा लगानीको ब्याज पनि स्थिर हुनुपर्ने बताए । ‘विद्युत् खरिद–बिक्री सम्झौतामार्फत नेपाल विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसा दिने गरी आम्दानी पहिल्यै स्थिर गरिदिने गरेको छ,’ उनले भने, ‘आम्दानी स्थिर हुन्छ भने लगानी पनि अनुमान गर्न सकिने गरी स्थिर हुनुपर्छ ।’ जलविद्युत् आयोजनाको मुख्य लगानी बैंकको ऋणको ब्याजदर नै अनिश्चित भएकाले सरकारले यसलाई सक्दो छिटो सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

 तत्काल ४ खर्ब २० अर्ब ऋण आवश्यक 
हाल नेपालमा करिब ११ सय ८० मेगावाटका विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा छन् । ३ हजार मेगावाटका आयोजना निर्माणाधीन छन् । २ हजार ५ सय मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गर्ने क्रममा छन् । झन्डै १८ हजार मेगावाटका आयोजना अध्ययनका क्रममा छन् । निर्माणमा जाने तयारीमा रहेको झन्डै ३ हजार मेगावाटका जलविद्युत्मा बैंकले ७० प्रतिशत ऋण लगानी गर्दा करिब ४ खर्ब २० अर्ब रुपैयाँ ऋण आवश्यक पर्छ । अध्ययनमा रहेका १८ हजार मेगावाटका आयोजनामा ३६ खर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ ।

नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="