Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१८ अर्बको आइपीओ निष्कासन

पूजा चँदारा असार २, २०७६   578

सेयर



काठमाडौं- चालू आर्थिक वर्षको हालसम्म २८ कम्पनीको १८ अर्बभन्दा बढीको प्राथमिक सेयर (आईपीओ) सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले गत साउनदेखि हालसम्म २८ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डले १८ अर्ब ६५ करोड ८५ लाख ६२ हजार ८ सय रुपैयाँ बराबरको १८ करोड ६५ लाख ८५ हजार ६२८ कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

ad

बोर्डका अनुसार १६ वटा हाइड्रोपावर कम्पनी र १२ वटा लघुवित्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका हुन् । अनुमति पाएका मध्ये २६ वटा कम्पनीको आईपीओ बजारमा आइसकेको छ । हाल हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ जारी रहेको छ । यीमध्ये सबैको लघुवित्त वित्तीय संस्था सेयर १ साउन बाट जारी हुने जनाइएकोे छ ।

बजारमा १८ अर्बभन्दा बढीको आईपीओ आउदाँ पनि यो वर्ष सेयर बजारमा सकारात्मक असर नपरेको लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले बताए । उनले भने ‘चालू आर्थिक वर्षमा बजारमा आईपीओ हकप्रद र बोनस सेयर बजारमा अधिक आए पनि सेयर बजारले भने ११ सयको बिन्दुलाई छोयो ।’ केही हदसम्म बजार पुँजीकरणलाई भने सहयोग पु-याएको ढकालले बताए । ‘त्यस्तै, अर्को कुरा यो वर्ष शिवम् सिमेन्टको पनि आईपीओ बजारमा आयो । पहिले शिवम्को आईपीओ प्रिमियममा आउँदा लगानीकर्ताको चासो त्यति नदेखिए पनि दोस्रो बजारमा सूचीकृत भएको छोटो समयमै दोब्बरभन्दा बढीले वृद्धि भयो । यो बजारका लागी नौलो कुरा थियो ।’

यसरी हेर्दा विगतको तुलनामा चालू आर्थिक वर्षमा आईपीओकै माध्यमबाट नयाँ लागनीकर्ता भने बजारमा प्रवेश भएको ढकालले बताए । उनले भने, ‘तर, दोस्रो बजारमा भने सकारात्मक प्रभाव परेन ।’ यस अवधिमा आईपीओ जारी गर्ने हाइड्रोपावर कम्पनीहरूमा कालिका पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, मध्य भोटेकोसी जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिर्भसल पावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, पाँचथर पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, माउनटेन हाइड्रोपावर कम्पनी, त्रिशूली जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, रसुवागडी हाइड्रोपावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओ बजारमा निष्कासन भएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले चौतारी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, जनसेवी लघुवित्त वित्तीय संस्था, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

पछिल्लो एक वर्षमा जारी भएका आईपीओ, हकप्रद सेयर, बोनस सेयरहरूले आपूर्ति मात्रै बढाएको तर बजारमा भने सकारात्मक भूमिका नखेलेको संयोजक ढकालले बताए । उनले यस अवधिमा आईपीओ मात्रै नभई हकप्रद र बोनस सेयर पनि त्यति नै मात्रामा बजारमा आउँदा मागभन्दा आपूर्ति बढी हुँदा दोस्रो बजारमा दबाब देखिएको बताए ।

राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="