Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ करोड ४० लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा ११ कम्पनीको आवेदन

ऊर्जा खबर माघ २८, २०७५   2339

सेयर



काठमाडौं–  ३ करोड ४० लाख ८० हजार ४ सय ७१ कित्ता सेयर निष्कासन गर्न ११ जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीले निर्माणाधीन तथा सम्पन्न भएका आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् ।

ad

यी कम्पनीले सय रुपैयाँ मूल्य अंकित ३ अर्ब ४० करोड ८० लाख ४७ हजार १ सय रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका छन् । बोर्डबाट स्वीकृत प्राप्त भएपछि कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछन् ।

आवेदन दिने कम्पनीमध्ये ४ ले स्थानीयका लागि, ५ ले सर्वसाधारणका लागि तथा बाँकी २ वटाले स्थानीय र सर्वसाधारण दुवैका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

ad

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी रसुवागढी हाइड्रोपावरले सर्वसाधारणका लागि १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँमा अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ मूल्य बराबरका सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले रसुवामा निर्माणधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थानीयलाई भन्दा अगाडी सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि स्थानीयसँगको सहमतिमा सर्वसाधारणका लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणधीन ५७ मेगावाटको सान्जेनका २ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको हो । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिटीजन इन्भेस्टमेन्ट ट्रस्टलाई जिम्मा दिइएको छ ।

बोर्डको स्वीकृती पर्खिरहेकोे सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सय रुपैयाँमा अंकित २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको ७८ करोड रुपैैयाँ मूल्य बराबरको ७८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई र क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

रुरु जलविद्युत परीयोजना लिमिटेडले पनि स्थानीयका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मीमा सञ्चालित ५.५ मेगावाटको हुग्दी खोला जलविद्युत आयोजनाको आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा एनएमबी क्यापिटललाई दिएको छ ।

शुभम पावर कम्पनीले पनि सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

युनियन हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने लागेको हो । सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ ।

माउन्टेन हाइड्रो नेपालले पनि सर्वसाधारणका लागि १८ लाख १६ हजार १ सय १० कित्ता सेयर निष्कासन गर्ने भएको छ । सय रुपैयाँमा अंकित १८ करोड १६ लाख ११ हजार रुपैयाँको सेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

मैलुङखोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि, गर्जाङ उपत्यका हाइड्रोपावर र लाफिङबुद्ध हाइड्रोपावरले स्थानीयका लागि सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले क्रमशः ७ लाख ३६ हजार २ सय ८६, २ लाख र ९ लाख ७८ हजार कित्ता सेयर जारी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="