Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

६ जलविद्युत कम्पनीले डेढ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै

ऊर्जा खबर असार २३, २०७६   2780

सेयर



काठमाडौं- ६ जलविद्युत कम्पनीले डेढ करोड कित्ता बराबरकाे  साधारण सेयर निष्कासन गर्ने भएछन् । कम्पनीले निर्माणाधीन तथा सम्पन्न आयोजनाकाे स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

१ करोड ५८ लाख ५० हजार ४ सय ६० कित्ता सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । प्रतिकित्ता सय रुपैयाँमा अंकित १ अर्ब ५८ करोड ५० लाख ४६ हजार रुपैयाँ मूल्यको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएकाे हाे ।

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालले स्थानीय र सर्वसाधारण दुवैका लागि ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ मूल्यकाे सेयर निष्कासन गर्न नविल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

बोर्डको स्वीकृती पर्खिरहेकाे ग्रिनलाइफ हाइड्रोपावरले पनि ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासनकाे तयारी गरेकाे छ । कम्पनीले दाेलखामा निर्माणाधीन ४० मेगावाटकाे खानीखाेला–१ जलविद्युत आयोजनाकाे साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन गरेर बाँडफाँड गर्न कम्पनीले एनआइबीएल एसीइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

शुभम् पावर कम्पनीले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेर प्रक्रिया अघि बढाएकाे छ ।

शिवश्री हाइड्रोपावर कम्पनीले सिन्धुपाल्चाेकमा निर्माणाधीन माथिल्लाे चाकु जलविद्युत आयोजनाकाे ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने भएको छ । ३३ करोड ५१ लाख १४ हजार मूल्य बराबरको सेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

मैलुङ इनर्जी नेपालले सर्वसाधारणका र स्थानीयका लागि छुट्याएको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्वार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सेयर निष्कासन अनुमतिका लागि कम्पनीले बोर्डमा आवेदन दिइरहेको बेला विद्युत नियमन आयोगले भने आइपिओ (साधारण सेयर) निष्कासन गर्न निर्माणाधीन आयोजनाको काम ५० प्रतिशत पूरा हुनुपर्ने सर्त लागु गरेको छ । पछिल्लो समय सुरुमै आइपिओ निष्कासन गर्ने र संस्थापकले आफ्नो लगानी सुरक्षित गर्ने गलत परिपाटी विकास हुँदै गएकोले यो सर्त लागु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="